logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ज्योति विकास बैंक र क्यान बीच सम्झौता


  • जन आकाश
  • आइतबार, असार २७ २०७८

काठिमाण्डौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान)बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भएकोछ।



दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने छन्।

शुक्रबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र क्यानका तर्फबाट क्यानका उपाध्यक्ष रञ्जितकुमार पोदरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए साथै सम्झौता अनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुट मा प्रोफेसनल लोन,१५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा,साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नेछ।
।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend