जन आकाश
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ३ अन्तर्गत काठमाडौ ंजिल्लाको काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित भोटाहिटीमा यही असार २७ गते आइतबारका दिनआफ्नो १२८ औ शाखाकार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
यो शाखा विस्तार भएसँगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनियामान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाको उदघाटन गरेका थिए ।
उक्त कार्यक्रममा सम्पूर्ण सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको बैकले जानकारी दिएको हो । बैंकका अध्यक्ष सुदिप आचार्यले कोभिडको प्रभावका बीच पनि हामीले भोेलीको सम्भावनालाई मध्यनजर गरी शाखा विस्तारमा लागेका हौं र यो असहज अवस्था हट्न साथ आर्थिक गतिविधिहरु चलायमान भई बैंकको कारोबार समेत विस्तार हुने विश्वास व्यक्त गर्नु भएको थियोे भने कार्यक्रमका प्रमुख अतिथि चिनियामान बज्राचार्यले व्यावसायिक केन्द्र भोटाहिटीमा बैंकले शाखा स्थापना गरी कारोबार शुरु गरेकोमा आफ्नो तथा वडावासीहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend