logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

पुनःस्थापित संसद बैठक साउन ३ गते बोलाउन सर्वोच्चको आदेश


  • जन आकाश
  • सोमबार, असार २८ २०७८

काठमाडौं । सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन सर्वोच्चले आदेश दिएको छ ।



अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो।

अदालतले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।

नेपालमा अव प्रधानमन्त्री बन्न सवैले सर्वोच्च अदालत धाउनुपर्ने नजिर हुन पुगेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend