logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

अग्नि खरेलको टिप्पणी( फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ ‘व्यक्तिका कुण्ठालाई अदालती व्याख्याका रूपमा संस्थागत गरेको छ’


  • जन आकाश
  • सोमबार, असार २८ २०७८

 



काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सर्वोच्च अदालतको पछिल्लो फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको टिप्पणी गरेको छन् ।

 

संवैधानिक इजलासको फैसलाप्रति संक्षिप्त निप्पणी गर्दै खरेलले भने, ‘यो फैसलाले संविधानले आत्मसात गरेको प्रणाली र शक्तिको विभाजन र सन्तुलनको सिद्धान्तलाई अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ ।’

खरेलले संविधान एवं संवैधानिक नैतिकताको जामा पहिरिएर संसदीय शासन प्रणालीलाई ध्वस्त पार्ने ढंगले फैसला आएको भन्दै यसले देश र जनताले खोजेको राजनीतिक निकासलाई अवरुद्ध पारेको आरोप लगाएका छन् ।

खरेलले नेपाल प्रेससँग भने, ‘यसले वैयक्तिक कुण्ठालाई संस्थागत रूपमा निकास दिएको छ । उनीहरूका निजी कुण्ठालाई अदालती व्याख्याका रूपमा संस्थागत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend