जन आकाश
काठमाण्डौ । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३१औँैँ शाखा धनुषा जिल्लाको क्षिरेश्वर नाथको वडा न. ५ स्थित महेन्द्रनगरमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बताएको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको पनि बिज्ञप्तिमा उल्लेख छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दैआएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend