जन आकाश
काठमाडौं । सार्वजनिक खरिदका निर्माण कार्यको म्याद ६ महिना थप गरिने भनी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटमा उल्लेख गरिएता पनि त्यसको कार्यान्वयन नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
आर्थिक वर्ष समाप्त हुनै लाग्दा समेत म्याद थप नभई निर्माण व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघको भनाइ छ । कोभिडको जोखिमका बीच स्वास्थ्यको प्रवाह नगरी व्यवसायी तथा तिनका कामदारहरूले काम गरेका पाँचहजार भन्दा धेरै आयोजनाहरूको म्याद थप नभएर तिनको भुक्तानी समेत रोकिएको महासंघले जानकारी दिएको छ ।
उसले समयमा निर्माण हुन नसकेका आयोजनाहरु म्याद थप्नुपर्ने माग पनि गरेको छ । बिज्ञप्तिमा भनिएको छ ।
“वर्तमान अवस्थामा निर्माण व्यवसायीहरूले राज्यबाट पाउनु पर्ने करीब पचास अरब रुपैँया भन्दाबढी रकम नपाउँदा उनीहरू पेशाबाटै पलायन हुने अवस्था सिर्जना भइसकेको महासंघका महासचिव रोशन दाहालद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend