logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकमको सर्भरमा ह्याकर नभएको टेलिकमको दावी


  • जन आकाश
  • शुक्रबार, साउन १ २०७८

काठमाण्डौ । नेपाल टेलिकममा ह्याकर नभएको जानकारी दिएको छ । हिजो प्रेस बिज्ञप्ति प्रकाशित गरी उक्त जानकारी गराएको हो । उसले बिज्ञप्तिमा भनेको छ ।



“नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो ।

कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं ।

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको छ ।”

नेपाल टेलिकम नेपाल सरकारको लगानीमा सञ्चालित सस्था हो । यस कम्पनीको भरपुर क्षमता हुदाहुदै पनि केही कर्मचारीहरुको गैर जिम्मेवारी पनले गर्दा ग्रहकालाई समस्या उत्पन्न गराएर निजी टेलिककहरुमा ग्रहक जान बाध्य पार्ने जस्ता कार्यहरु हुदै आएका छन् ।

जो की नेपाल सरकारको सवैभन्दा बढी तलव भत्ता प्रप्त गर्ने मध्य टेलिकमका कर्मचारीहरु पनि पर्दछन् । काम भने टेलिफोन बिग्रेको खण्डमा २÷४ दिन लगाउछन् । एडिएसएलमा समस्या कुरा गरिसाध्य छैन । काठमाण्डौमै फाइवर लाईन सवै ठाउमा पुगेका छैनन् । जिल्ला जिल्लाहरुमा जसका लाठी उसका भैस भने जस्तै पहुच र फोर्स गर्नेले मात्र नेपाल टेलिकमको इन्टरनेट सुविधा लिन सकेका छन् ।

भने नेपाल टेलिकमका कर्मचारीले इमान्दारिताका साथ काम गर्ने हो भने देशैभरी सर्वसाधरणले सस्तो गुणस्तरयुक्त नेपाल टेलिकमवाट वितरित इन्टरनेटको सुविधा गाउँ गाउँका जनताले लिन सक्ने क्षमता छ । तर उक्त कार्य गर्न टेलिकमका कर्मचारी किन हिच्किचाउछन् ।

र अन्य निजी कम्पनीले बार्षिक अरबौ रुपैया इन्टरनेटको सेवा बापत लिएर बिदेश लैजान्छन् ।यस्तो चलन कहिलेसम्म चल्ने हो ? जवसम्म देशभक्ति भावनाले ओतप्रोत सक्षम ब्यवस्थापक र नेतृत्व नेपाल टेलिकममा हुदैनन् तवसम्म यस्तै समस्या रहिरहने अनुमान लगाउन सकिन्छ ।

राजनीति गर्ने थलो नेपाल टेलिकम
नेपालमा राजनीति गर्नुछ भने नेपाल टेलिकममा नाम निकाल्ने गरी अध्ययन गर्ने अनि केही बर्ष जागिर खाने र एउटा राजनीतिक संगठन आवद्ध संगठन खोल्ने र जायज नजायज माग राखेर कालो ब्यानरमा सेतो अक्षरमा हाम्रो माग पुरा गर भनेर लेखेर अगाडी पर्टी उभिए पछि त्यसैदिनवाट एउटा नेपाल टेलिकम युनियन नामको नेतृत्व गर्ने त्यसपछि त नेपाल टेलिकमभित्रको राजा जतिकै हुने र तिनलाई अनुहारमा सिधासम्म हेर्न नहुने र प्रशासनले अह्राएको काम गर्ने कुरा त परको भयो ।

यसरी बिग्रदै गएको छ नेपाल टेलिकम सम्बन्धित निकायको ध्यान पुगोस र नेपालका सवै नेपालीले आफ्नो देशको लागानीमा चलेको सेवा सुविधा लिन पाउन र गर्व गरुण ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend