जन आकाश
दोलखा । काम फर सस्टेनेबल डेभलपमेन्टले बर्तमान कोभिड १९ माहामारी सङ्क्रमण र रोकथामको लागि कालिन्चोक गाउपालिकालाई सिङ्गटी प्राथमिक स्वास्थ्य केन्द्र र चरिकोट अस्पताललाइ अक्सिजन कन्सेन्ट्रेटर र त्यस सङ सम्बन्धित इक्युपमेण्ट तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु क्रमशः ३ सेट र २ सेट हस्तान्तरण गरेको हो ।
उक्त सामग्री सिङ्गटी स्वास्थ्यकेन्द्रका स्वास्थ्य कर्मिहरुको रोहबरमा डाक्टर ऋषिकेश चौधरि र चरिकोट अस्पतालमा स्वास्थ्य कर्मिहरुको उपस्थितिमा भिमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बुझेकी थिइन भने कन्सेन्ट्रेटर र त्यस सङ्ग सम्बन्धित स्वास्थ्य सुरक्षाको सामाग्री काम फर सुद स्विजरल्यान्डको सङ्योजनमा जुटाइयको र बिगतमा स्विस सरकारलेस्थानिय सरकारको नेतृत्वमा गैर सरकारी क्षेत्रबाट समेत सक्दो सहयोग हुने क्रम जारी रहेको छ । यसै शन्दर्भमा काम फर सस्टेनेबल डेभलपमेन्ट को मुख्य कार्यलय भक्तपुरमा रहेको छ ।
उसले दोलखा लगायत २२ वटा जिल्लामा काम गरिरहेको संस्थाले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend