logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच छलफल सम्पन्न


  • जन आकाश
  • सोमबार, साउन १८ २०७८

काठमाडौ । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) र नेपाल विज्ञापन संघ (आन)बीच सहकार्य सुरु भएको छ । आइतबार आनको कार्यालय शान्तिनगरमा आयोजित समारोहमा इम्शनका अध्यक्ष सीताराम विलासी र आनका अध्यक्ष सोमप्रसाद धितालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।



समझदारीअनुसार दुवै संस्थाले आफ्ना हरेक कार्यक्रम दुवै तर्फका सदस्य संस्थाहरूको सक्रिय सहभागिता गराउने, विज्ञापन व्यवसायीले विज्ञापन गर्दा आर्थिक न्यूज पोर्टसहित आर्थिक मिडियाहरूलाई प्राथमिकता राख्ने, आर्थिक मिडियाले पनि विज्ञापन व्यवसायीलाई प्राथमिकतामा राखेर व्यवसायिक साझेदारी गर्ने बाताबरण बनाउने, विज्ञापन बजारको विस्तार र विकृति न्यूनीकरणका लागि संयुक्तरुपमा पहल गर्नेलगायतका कुराहरू छन् ।

विशेषगरी बहुर्राष्ट्रिय कम्पनीहरूले अन्य मुलुकको तुलनामा नेपालमा निकै न्यून मात्रै खर्च गरी ठूलो रकम फिर्ता लैजाने तथा दुरुपयोग गर्ने गरेको, सामाजिक सञ्जालमा अवैधरुपमा विज्ञापन गर्ने प्रवृत्ति मौलाएको, जनताको सुचनाको मुख्य माध्यम न्यून पोर्टलहरू बन्नुका साथै पत्रकार तथा कर्मचारीको ठूलो संख्या यही क्षेत्रमा प्रवेश गरिसकेको अवस्थामा यस्ता न्यूज पोर्टलमा विज्ञापन गर्न आनाकानी गर्ने प्रवृत्ति रहेकाले यस्ता खालका विकृति हटाउन इम्शन र आनले आगामी दिनमा संयुक्तरुपमा प्रयास गर्ने भद्र सहमति भएको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

समझदारी कार्यक्रममा इम्शन र आनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । वास्तविका पत्रकारिता क्षेत्रको बिकासमा यो प्र¥यासले आशा जगाएको मान्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend