logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेक र स्थानीय सडक पुलइकाई बीच समझदारीपत्रमा हस्ताक्षर


  • जन आकाश
  • मंगलबार, साउन १९ २०७८

ललितपुर । नेपालमा दस हजार भन्दा बढि इन्जिनियरहरू उत्पादन गरिसकेको गैरनाफा मुलकसंस्था नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सय भन्दा बढि पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था स्थानीय सडक पुल इकाई बीच साउन १३ पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथालागू गर्नेउ द्देष्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।



उक्त समझदारीपत्रमा नेकको तर्फबाट कलेजका प्राचार्यप्रा. डा. हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका थिए।

समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा स्थानीय सडक पुल इकाईका इन्जिनियर चुमनबाबु श्रेष्ठ र नेक स्नातकोत्तर कार्यक्रमका निर्देशक डा.तुसिताचाँदनी शाहिको पनि उपस्थिति थियो। उक्त समझदारीलागू गर्ने सिलसिलामा दुवै संस्था मिली नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरीचुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने छ।

साथै विद्यार्थीहरूले सोहि विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधानहरू छन्। डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुलहरू भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयन पश्चात पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियरहरू उत्पादन हुने अपेक्षा राखिएको कार्यक्रममा बतएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend