जन आकाश
काठमाडौ । काठमाडौ उपत्यकाका शहरमा भोलि बिहिवार देखि रातको समयमा सवारी साधन चलाउन नपाइने भएको छ । जवकी बिभिन्न ठाउमा सामान्य जागिर खाएर कष्टपुर्ण जीवन बाचिरहेका न्युन आए भएका मानिसहरु काठमाडौ उपत्यकामा निक्कै छन् । उनिहरुको बिगतको १९ महिनाको लकडाउनले ठप्प भएको आम्दानी बजार अलि अलि खुल्न थालेपछि पुनः बाच्ने आशा जागिरहेको बेलामा पुनः बेलुका ८ बजे नै सवारी साधन बन्द हुदा सवारी साधन नपाइने डरले अव रोजगार वाट पनि बिमुख हुनेछन् ।
त्यसै त बेलुका ६ बजेपछि भित्री रुटमा चल्ने सवारी साधन नपाइने काठमाडौ उपत्यकामा ८ बजेपछिको सवारी साधन बन्द हुने भयले रुटका गाडीहरु पाचै बजेदेखि बन्द हुनेछन् । हुने खाने र बसी बसी पैशा आउने कर्मचारी सिडियोहरुलाई त मतलव नहोला तर ति काम गरिखानेहरु सँग न त बाइक, नत आफ्नो साधन अनि हिडेर टाढा टाढा सम्म जान सम्भव नहुदा काठमाडौ शहर गरिखाने मजदुर, वर्गको लागि नरक हुन लागेको मजदुरी गदै आएकाहरुले आरोप लगाएका छन् ।
कोरोना नामको हल्लाले गरिवलाई मात्र असर पारिरहेको छ । त्यसकारण लकडाउन लगाउने हो भने । जो जाहा छ । त्यही बसेर प्रधानमन्त्री देखि स्थानीय वडा सदस्य सम्मको तलव भत्ता पहिला रोक्नुपर्छ । त्यसपछि मुख्य सचीव देखि पिउन सम्मको तलव पनि रोक्नुपर्छ र सम्पुर्ण नागरिकको लागि खाधन्न नीजि कम्पनीहरुलाई समेत बन्देज लगाएर सरकारले सरकारकै खाधन्न संस्थावाट निशुल्क उपलब्ध गराउनु पर्छ भनि मजदुरहरुले मागसमेत गरेका छन् । उनिहरु थप्दै भन्छन् ।
यस्तो खालको लकडाउन नै पो गरेर किर्तिमान कायम राखेमा यी लकडाउन बन्दाबन्दी लगाउने सवैको बुद्धि फिरथ्यो होला नभए उनिहरुको तलव भत्ता आईहाल्छ । जो गरिखाने काम नगरेसम्म घरमा चुलो बल्दैन तिनिहरुको लागि कति अभाव सहेका छन् भन्ने थाहा हुन्थ्यो । अहिले उनिहरु मोजमस्ती गर्न पाएकै छन् । कसैलाई मतलव भएको छैन । त्यसैले यस्ता बन्दाबन्दी जनताले धेरै सहने छैनन् । सम्बन्धित निकायले बन्दको बिकल्प चाडै नखोजेमा नेपालको आर्थिक संकटले भोलिका दिनमा सरकारी कर्मचारीको तलव पनि खुवाउन नसक्ने अवस्थामा पुग्दाको परिणाम यिनै सिडियोहरुलाई पनि असर गर्ला ! यो मजदुरहरुको आक्रोश हो । हामीले वाइ द फुटमा लिएका हौ । स.
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend