जन आकाश
काठमाडौं – सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सदाका लागि लोडसेडिङ अन्त्य गरेका घिसिङलाई मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।
जलस्रोत मन्त्रालयका सह सचीव मधु प्रसाद भेटवालका अनुसार मन्त्री परिषदले कुलमान घिसिङलाई नियुक्त गरेको पुष्टि गरेका हुन् ।
घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्ने तयारी थालिएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
उनलाई अहिले खाइपाई आएको सुविधामा नघट्ने गरी पूर्णकालीन रूपमा आयोगमा पदस्थापन गरिएको हो ।
ऊर्जामन्त्रीको अध्यक्षतामा हुने आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न मन्त्रालयका सचिवहरू, सरकारले नियुक्त गरेका दुईजना विशेषज्ञहरू, इन्जिनियरिङ अध्ययन संस्थानका डिन, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्यका रूपमा रहन्छन् ।
यी कुनै पनि सदस्यले आयोगबाट तलब पाउँदैनन् । तर, शाक्यलाई भने पूर्णकालीन तलबी सदस्यका रूपमा पदस्थापन गर्न सरकारले नियमावली नै स्वीकृत गरेको बुझिएको छ ।
लोडसेडिङको अन्धकारवाट उज्यालो नेपाल बनउन बिधुत प्राधिकरणको सफल कुलमान घिसिङलाई पुनः प्रधिकरणमा नियुक्त गर्न लागेकोमा नेपालका सवै नेपाली खुशी भएका छन् । रामेछापमा जन्मनु भएका कुलमानले रामेछापको सान मात्र बढाएनन् । देशको उज्यालो समेत छरेका छन् । रामेछाप जिल्ला भुगोलको हिसावले जति कठिन र सुन्दर छ । त्यति नै कर्मठ उच्च सोच र देशभक्ति भावनाले भरिका मानिसहरुको जन्म पनि त्यहा हुने गरेको छ भन्ने उदारण काफी छ ।
गंगालाल, कृष्णलाल, पुष्पलाल, गोबिन्द केसी, कुलमान उदारण हुन भने अन्य धेरै मेहनतीहरु प्रकाशमा नआएका पनि छन् । समयक्रमसँगै उजागर हुदै जाने छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend