जन आकाश
काठमाडौ । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई वितरण गरिसकेको टेलिकमले बताउदै आएको छ । २०७५ सालमा १,७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३०,८७९ ग्राहकलाई र २०७७ मा १,०७,७०१ ग्राहकलाई यो सेवा उपलब्ध गराएको टेलिकमले बिज्ञप्तिमार्फत जानकारी गराएको छ ।
२०७८ बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४,२९९ नयाँ लाइन वितरण गरिएको नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको उल्लेख छ ।
प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको उललेख छ ।
उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको जानकारी दिएको छ
तर टेलिकमले जति प्रगति गरेपनि टेलिकमको जिल्ला कार्यलयहरुमा ग्रहक आउदा निदाएर बसेको जस्तो गर्ने कुनै गुनासो समस्या लिएर गएमा अन्तै ध्यान मोड्ने गरी कर्मचारी कर्मचारी एक आपसमा कुार गरेर बस्ने ग्रहक प्रति ध्यान नदिने ग्रहकले गुनासो राखेमा तपाइ भोलि आउनुुुस् पर्सि आउनुस् भन्दै टार्ने र दुखः दिने त्यस्ता कुबिचार भएका कर्मचारीलाई सु–शासनको पक्षमा भएका कर्मचारीले केही सुृझाव दिएभने कर्मचारी युनियनको धक्कु लगाउदै बस्ने चलन टेलिकम भित्र गुहुको मुला मौलाए जस्तै गरी मौलाएको छ । यस्ता समस्या भएको टेलिकमले फेरिस्त लामो निकाले पनि गुणस्तर ग्रहकप्रतिको इमानदारितामा बिश्वास गर्ने ठाउँ देखिदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend