जन आकाश
काठमाडौ । तारकेश्वर नगरपालिकाको जरंकुबाट आइतवार दिल कुमारी श्रेष्ठ नामकी महिला सम्पर्क विहीन भएकी छिन् ।
रामेछाप घर भएकी ४६ वर्षीय दिलकुमारी श्रेष्ठ बिहान पाँचबजेतिर डेराबाट निस्किएपछि सम्पर्कविहीन भएको उनका छोरा अमृत श्रेष्ठले त्यसै क्षेत्रको स्थानीय तारकेश्वर अनलाइनका हरिराम भेटवाललाई जानकारी गराएको उक्त अनलाइनले जनाएको छ । रामेछाप स्थायी घर भएकी श्रेष्ठ हराएपछि खोजी कार्य जारी राखेपनि सम्पर्कमा आउन सकेकी छैनन् । रातो कुर्ता र हरियो सुरुवाल लगाएकी श्रेष्ठलाई भेटाउनेले उनका छोरा अमृतलाई वा नजिकको प्रहरी कार्यालमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
दिलकुमारीका छोरा अमृतलाई मोबाइल नं ९८४३५६०४२२ मा सम्पर्क गर्नसकिन्छ ।
दिल कुमारी श्रेष्ठलाई चिन्नुहुने जो कसैले उहाको छोरालाई सम्पर्क गरेर खोजि गर्न सहयोग गर्नुहुन हाम्रो जन आकाश टिम पनि अनुरोध गर्दछौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend