logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

इम्बोष्ट नम्बर प्लेटले नेपालको भाषा सिध्यान लागेको प्रदेश संसद बैद्यको भनाई


  • जन आकाश
  • बिहिबार, भाद्र ३ २०७८

काठमाडौ । काठमाडौ क्षेत्र न. ४ का प्रदेश संसद नरोत्तम बैद्यले नेपालको सवारी साधनमा प्रयोगमा आईरहेको इम्बोष्ट नं नेपालको राष्ट्रियतामाथि नै खतरा भएको त्यसको अलवा नेपालकोे भाषा,संस्कृति समेत गुम्ने र ईम्वोष्ट न.को सफ्टवेयर बिदेशीले बनाएको कारण हाम्रो देशको राष्ट्रिय गोप्यता समेतमा असर पर्ने र ब्याक्तिगत स्वतन्त्रतामा आच आउने गरी यातायात व्यवस्था बिभागले लागु गरेको इम्वोष्ट तत्कालै कार्यन्वयन नगर्न आग्रह गरेका छन् ।



साउन ३२ गते नेपाल अटोमोवाइल रिकन्डिशन ब्यवसायी संघको कार्यलयमा व्यवसायीहरुको कार्यलयवाट भौतिक पूर्वधार बिकासमन्त्रीलाई टेलिफोन गरी उक्त आग्रह गरेका हुन् ।

संसद बैद्यलाई ब्यवसायीहरुले इम्बोष्ट नम्वर प्लेटले नेपालको भाषा, संस्कृतिलाई पारेको असर वारे जानकारी गराएका थिए । उक्त इम्बोष्ट नम्वर प्लेट सवारी साधनमा राख्ने बिषयमा आफुपनि जानकार रहेको र बिरोध र्गदै आएको भनि इम्बोष्ट नम्वर प्लेटको वारेमा नेपाल अटोमोवाइल रिकन्डिशन ब्यवसायीका पदाधिकारीहरुलाई इम्वोष्ट नम्बरको बिरुद्धमा उत्रन समेत आग्रह गरेका थिए ।

इम्बोष्ट नम्वर प्लेट खारेज गर्नुपर्छ भनेर नेपाल अटोमोवाइल रिकन्डिशन ब्यवसायी संघकै कार्यलयवाट भौतिक पुर्वधार बिकास मन्त्री रामेश्वर फुयाललाई त्यहीवाट टेलिफोन गरी इम्वोष्ट नम्वर प्लेट तत्कालै हटाउनु पर्नेमा पटक पटक जोड दिएका थिए ।

मन्त्री फुयालले भने प्रदेशको सदनमा यो कुरा उठाएर छलफल गरौला अहिलेलाई बिरोधमा नउत्रिन मन्त्री फुयालले आग्रह गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend