logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनै पुर्णिमाको रमझम देशभर


  • जन आकाश
  • आइतबार, भाद्र ६ २०७८

 



काठमाडौं । हिन्दू धर्मावलम्बीको प्रमुख चाडमध्येको एक जनै पूर्णिमा आज मनाइँदैछ । आजको दिन स्नान गरी शुद्ध भई पूजाआजा गर्छन् र पुरुषहरुले जनै फेर्ने चलन छ ।

बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गर्ने चलन रहि आएको छ ।

जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आज काठमाडौंको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला लाग्छ भने ठाउँ अनुसारका मानिसहरु नजिकैको शिव मन्दिरहरुमा गएर पनि पुजा गर्ने गर्दछन् ।

आज काठमाडौका मन्दिरहहरु बिहानै देखि भक्तजनहरुको भिडभाड देखिन्थ्यो यसले नेपालमा हिन्दु धर्मलम्बीहरुको आस्था अधिक छ भन्ने देखाउछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend