logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

उठ्न नसकेको देश, खुल्न नसकेका जनता


  • जन आकाश
  • मंगलबार, भाद्र ८ २०७८

मोहन कार्की
राजनीतिले पारेको असरको टिप्पणी
नेपालमा राजनीतिक पार्टीहरुको जन्म भइरहेको छ । नीति, कार्यनीति,उदेश्य, बिचारका ठेली निर्माण भएका छन् । तर देशको अर्थतन्त्रको बिकास, राजनीतिक सुशासन भने हुन सकेको छैन । जनताको जीवनस्तर उठ्न, उठाउन कुनैपनि पार्टीहरुले आजको दिनसम्म काम गरेको देखिदैन । दिनानु दिन नेपाली नागरिकहरुको अवस्था कमजोर बन्दै गइरहेको छ । देशलाई प्रत्येक बर्ष बैदेशिक ऋणको भारले थिच्दै लगेको छ ।



अहिले प्रत्येक नेपालीको भागमा ५२ हजार ३०० सय ७५ रुपैया बैदेशिक ऋण पुगेको छ । नेपालका युवा जनशक्ति देशमा रोजगारीको व्यवस्थापन हुन नसक्दा बिदेश जान बाध्य छन् ।

गएको २०७७–७८ मा ७२०८१ जना नेपालीहरु बिदेश काम गर्न गएको रेकर्ड बैदेशिक रोजगार बिभागको प्रतिवेदनमा उल्लेख छ । यि रेकर्डहरुले राजनीति पार्टी, राजनीति पार्टीवाट सरकारको नेतृत्व गर्ने ब्याक्तिहरुलाई चिन्ता लाग्नुपर्ने हो । त्यस्तो चिन्ता लागेको देखिदैन । त्यस्तो चिन्ता लागेको भए प्रजातन्त्र स्थापना भएकोे ६६ बर्षमा केही नभएपनि १००० रोजगार दिने १०००० उधोग नेपालमा स्थापना भइसकेको हुनुपर्ने थियो ।

माथि उल्लेखत काम गर्न सकिएको भए नेपालमा १००००००० (एक करोड) युवाहरुले नेपालमा रोजगार प्रप्त गर्दथे । बाकी बिभिन्न क्षेत्रमा व्यवस्थापन हुदा नेपालले प्रगति गर्न सक्थ्यो र अन्तराष्ट्रिय ब्यापार घाटा हुदैन थियो । तर परिणाम त्यस्तो छैन । अन्तराष्ट्रिय ब्यापार घाटा चुलिदै गएको छ । नेपालको भारतसँगको ब्यापार घाटा मात्रै ८ खर्वभन्दा बढीको छ ।

गाउँ गाउँमा युवाहरु छैनन् । कुनैवेला दुख विराम हुँदा समेत बृद्धबृद्धाहरुलाई साहारा दिने मानिसहरुको अभाव भइराखेको छ । यसरी देशमा भएका नागरिकहरु थलिएर सुतेका छन् भने नागरिकहरु बिरामी भएपछि देश नै उठ्न नसक्ने गरी बसेको छ । तर राजनीतिक पार्टीका झण्डा र ब्यानर भने उठिरहेका छन् । कहिले के जाति तन्त्रको नाममा, कहिले उजाति तन्त्रको नाममा बिदेश जान वाट बचेका युवाहरुलाई पनि यस्तै पार्टी नामका कम्पनीहरुले झोला बोकाएर बराल्दै उनिहरुको समयको र्बबाद गराइराखेका छन् ।

यसरी युवाहरुलाई बराल्ने काममा लगाएको देख्दा देख्दै पनि बोल्न नसक्ने प्रजातन्त्र, गणतन्त्र, के के तन्त्रको नाममा परिवर्तन गर्छु भनेर, भएका उधोग, कलकारखाना बन्द गराइसकेका छन् । यस्तो देशको उधोग बन्द गरेर नेपालको उत्पादन रोकेको देख्दादेख्दै पनि तिनै नेताको पछि लाग्ने हामी नेपालीहरु पनि त्यस्तै खालका छौ । नेताहरुले बिदेशीसँग पैशा लिएर नेपालका उधोग बन्द गराएको खुशीयालीमा नेताहरुले भाषाण गर्दा ताली बजाउने हामीहरु नै उस्तै हौ ।

१९९३, २००७, २०१७, २०३६,२०४७, २०६३,२०६४, २०७०, २०७४, सम्म आईपुग्दा सधै राजनीतिक र अगुवा भनेका कोही मृत्यु भएभने मात्रै पार्टीमा नेतृत्व परिवर्तन हुने नत्र पटक–पटक उधोग कलकारखाना जलाउन भने सक्ने तर एउता उधोग,रोजगार सृर्जना गर्न नसक्ने असफल भईसकेकाहरु नै नेतृत्वमा बसिराख्ने चलन देखिरहदा पनि चुप लागेर बस्ने खुरुखुरु तिनैलाई लाइन बसेर भोट हाल्ने नेपाली नागरिक हामी नै हो । दोष,कारण छुट्याएर निर्णय गर्नु पर्ने आजको समय आएको होकी ?

परिवर्तनका नाममा कोशी, गण्डकी, माहाकाली, असमान सन्धिहरु गरेर देशलाई अघोषित उपनिवेश बनाउदा पनि चृुप लागेर बस्ने तर आफ्नै दाजुले भाइलाई सामान्त के के नाम पदवी भिडाएर हत्या गर्दा चुप लागेर नेताले भनेको मान्ने नेपालीहरु हामी नै हो । हामी याहा मुर्ख भयौ कि बुद्धिमानी ? आफैले छुट्याउ ।

स्वर्ग जतिकै शुन्दर देश नेपालमा बसेका नेपालीहरुलाई स्वर्ग जान्छस् भन्यो भने स्वर्ग भनेको अमेरिका ठान्छ र ज जान्छु भन्छ तर नेपाल नै स्वर्ग हो भन्ने उसलाई थाहा छैन । केही दशक अगडी मात्रै भारतीय मुलका नागरिक नेपालमा आएर ब्यापार गरेर ब्यापार बढाउदै उधोग खोल्दै अर्वपति बनेका छन् । कवाडी संकलन गर्नेले करोडौ कमाएर नागरिकता किन्न लाखौको घुस ख्वाएर काठमाडौको बासिन्दा बनिसकेका छन् । हामी चै बिदेश जानुपर्ने किन ? त्यसैले नेपालीहरुको चेत खुलेको छैन । काम गरे बिकाश हुन्छ भनेर नै राजनीतिक पार्टी स्थापना गरी नेपालका युवाहरुलाई भुलाउन योजनाबद्ध तरिकाले पार्टीहरु खोलेको जस्तो देखिन्छ ।

ढुङगा कँुदेर कला, कृतिहरु सजाउने र मेहेनतको कला बेचेर सम्मान पुर्वक बाच्ने बाजे, बराजुका सन्तान नेपालीहरु आज भीख माग्ने कचौरा बोकेर बसेका छन् । पार्टीका लेटरप्याड बोकेर चन्दा माग्न हिडेका छन् । घुस्, ठेक्का, कमिशन, हत्या, अपहरण, लुटपाट, चोरी, डैकती गर्ने जस्ता काम कसरी सृर्जना भयो ? यस्ता काम मजदुरहरुले त गर्दैदैनन् ।

यस्तो गाइजात्रा संसार मा काही छ भने नेपालमा छ । सवैको चेत खुलोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend