जन आकाश
मोहन कार्की ।
आज बिहानै काठमाडौको बागबजारमा देखिएको यो दृष्यले प्रश्न सोध्दै छ । काठमाडौ कस्ता मानिसहरुको लागि बनेको शहर हो ?
कतिपयको परिभाषामा काठमाडौ उपत्यकाकाको शहर अवसर र चुनौतिको शहर भन्ने गरेका छन् । कतिपय उच्च शिक्षा हाशिल गर्न आएका मानिसहरुले गरेको केही प्रगतिलाई मान्ने हो भने कसै कसैले त चुनौतिलाई अवसरमा बदलेकै हुन् ।
तर यस्ता खालका भिन्नता पनि देखिन्छन् । जुन अस्वभाविक पनि छ । काठमाडौका अर्वपतिहरु बेलायति कुकुर लिएर कुकुरलाई दैनिक चाहिने २ देखि ५ केजीसम्म मासु किन्न मनिङ वाकमा निस्केका देखिन्छन् भने बिहान देखि गुजारा चलाउन थोरै पैसाहरुमा टाढा–टाढादेखि कामगर्न यात्रामा हिडेका मानिसहरुको भीड पनि चलिरहेकै हुन्छ ।
दिउसो कोलाहल हुने बागबजार क्षेत्र आज बिहानको मौषम भने शान्त र रातभरी परेको पानीले सित्तल भइराखेको थियो । त्यहि सित्तलमा एकजना भरखरका युवा ठेला गाडामाथि मस्त निदाइरहेका थिए । उत्तापर्टी पनि त्यस्तै उमेरका मानिसहरु मस्त निदाइरहेका थिए । सायद ति मानिसहरु काठमाडौ शहरमा थुप्रै रहरहरु बोकेर आएका थिए होलान् ।

तर उनिहरुले बोकेर आएको सपना धेरै आम्दानी थोरै बोकेर आए होलान् । आफ्नो क्षमता जति थियो त्यति , तर यो निष्ठुरी शहरलाई रहरमा बदल्ने सपना थोरै आम्दानीले पक्कै पुग्दैन । दिनानु दिन बढ्दै गएको शहरी महगी, कोठावाल, उपभोग्य सामग्री यि फोटोमा देखाइएका युवाहरुको जस्तै थुप्रै मानिसहरुको देखिने र नदेखिने गरी काठमाडौ शहरको रहर टुट्दै जान थालिसकेको छ ।
२०७६ साल चैत्रमा नै कोरोनाको लहर आयो भनेर लकडाउन लगाएपछि थुप्रै काम गरिखाने मानिसहरुको काठमाडौ उपत्यकामा बिजोग भइनै सकेको छ । कतिपय मानवताको भावना नभएका घरवेटीहरुले भाडा तिर्न नसकेको भनेर घरवाट निकालेको समाचारहरु समेत आएका छन् । सर्वोच्चले समेत घरवाट निकाल्न नपाइने नियम लागु गरेको भएपनि ति बिपन्नलाइ कानुन र अधिकारको बिषय कस्ले सिकाउनु !

त्यस्तै वाट बिचल्ली भएकाहरुको यस्तो अवस्था भएको हुनुपर्छ । ति पनि मानिस हुन् । अन्तराष्ट्रिय ठुल ठुला सेमिनारमा भाग लिएर नेपालको मानव अधिकारको रक्षको कुरा गर्ने संघ÷संस्था नेपालमा राजनीतिक दलको झोला बोक्न र काठमाडौमा आलिसान भवन बनाउने सपना साकार पार्न मात्र प्रायोग गरेको पाइएको छ ।
नत्र भने माथि फोटोमा देखाइएका युवाहरुले फोहोरको नजिकै काठमाडौको केन्द्रमा बिजोग जिन्दगी गुजार गरिरहदा र कतिपय नखुलेका शहरी गरिवीको रेखामुनी रहेका नेपालीहरुको तथ्याङ निकालेर काम गर्न किन सक्दैनन् ? प्रश्न गम्भिर छ । सम्बन्धित निकायले ध्यान देओस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend