logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो


  • जन आकाश
  • शुक्रबार, भाद्र ११ २०७८

 



काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुला भएको छ । शसस्त्र प्रहरी बलको मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय अन्तरगतको भर्ना तथा छनौट शाखाले विभिन्न पदमा १२ सय २३ जनाका लागि नयाँ भर्ना खुला गरेको हो ।

भर्ना तथा छनौट शाखाले जारी गरेको सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक ९इन्पेक्टर०देखि परिचरसम्म विभिन्न संख्या माग गरिएको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार सश्सत्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा १ सय ३७ जना, सशस्त्र प्रहरी जवान पदमा ७ सय ५५ जना माग गरिएको छ । यसैगरी भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि १ सय २८ जना माग गरिएको छ ।

सबै पदमा खुला, अमर अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्तति, समावेशी महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पिछडिएको क्षेत्र पनि छुट्याईएको छ । भर्ना हुन चाहानेका लागि सशस्त्र प्रहरी बल, प्रधान कार्यालय स्वयम्भुदेखि ७ वटै प्रदेशमा दरखास्त फाराम बुझाउने व्यवस्था गरिएको छ । आवेदन शुल्क सबैभन्दा माथिल्लो तह इन्सपेक्टरका लागि १ हजारदेखि सबैभन्दा कम परिचरका लागि १ सय रुपैयाँसम्म तोकिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend