जन आकाश
काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारी आन्दोलन स्थगित गर्न तयार भएका छन् । कम्पनीसँग शनिबार २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।
टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा उठाउँदै धर्ना बसेका थिए ।
नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलित थिए । दूरसञ्चार सेवा अत्यावश्वक सेवा भएकाले बन्द हड्ताल गर्न निषेध छ । तर, भद्रकालीस्थित टेलिकमको केन्द्रीय कार्यालयमै धर्ना बसेर कर्मचारीहरु आन्दोलन गरेका थिए ।
व्यवस्थापनले वार्तामार्फत नै समस्या समाधान गर्ने आश्वासन दिएपनि कर्मचारीहरुले नयाँ कर्मचारी विनियमावलीमा भएका अन्यायपूर्ण र अवैज्ञानिक व्यवस्थाहरु सच्याउनुपर्ने भन्दै कार्यालयमा धर्ना दिइरहेका थिए ।
कम्पनी व्यवस्थापनले वृत्ति विकास नै रोक्ने गरी विनियमावली ल्याएको र त्यससलाई संशोधनका लागि लोकसेवा आयोगमा परामर्शका लागि पठाउने सहमति अनुसार काम नभएको कर्मचारीहरुको आरोप थियो ।
युनियनहरुको मुख्य असन्तुष्टि १० र ११ औं तहमा यसअघि राखिएको कार्यकालको क्याप हटाइएकोमा छ । यसअघिको विनियमावलीमा १० औं तहमा ८ वर्ष र ११ औं तहमा ५ वर्ष काम गरेकाहरुले अनिवार्य अवकाश पाउँथे ।
तर, अब यो क्याप हटाइएको थियो । यसले नवौं तहबाट खुला प्रतिस्पर्धामा आउनसक्ने कर्मचारी लामो समयसम्म एउटै पदमा रहने र कम्पनीभित्र वर्षौंदेखि काम गरिरहेका कर्मचारीको वृत्ति विकास रोकिने तर्क युनियनहरुको छ । यी सबै मागहरु सम्वोधन हुने सहमति भएपछि आन्दोलन स्थगित गरेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष यादव पनेरुले जानकारी दिएका छन् ।
नेपाल टेलिकम नेपाल सरकारको निकाय मध्यकै उत्कृष्ट तलव भत्ता सेवा सुविधा दिने निकायमा पर्छ । त्यसकारण पनि कर्मचारीहरु अवकास पाउने बिषय बिनियमावलीमा परेका कारण महिनौसम्म आन्दोलन गर्न पछि नपरेका हुन् । कम्पनीले सर्वसाधरणलाई दिइने सुविधाको लागि देखाउवटी माग राखेको भएपनि तिनै कर्मचारी हुन कम्प्लेन गरेको चारदिनसम्म पनि समस्या भएको ठाउमा नपुग्ने नीजि दुर सञ्चार क्षेत्रका कम्पनीवाट अप्रत्क्ष रकम बुझेर नेपाल टेलिकमका ग्रहकलाई दुखः दिने कर्मचारीमा नेपाल टेलिकमका केही कर्मचरीका कारण टेलिकम नै बदनामित हुदै आएको छ ।
हेरौ उनिहरुले उठाएका ग्रहकको सेवा सुविधा कतिको प्रभावकारी बनाउदा रहेछन् । आन्दोलन फिर्ता भएको छ । ब्याक्तिका स्वार्थ पुरा भएको छ । ग्रहको सेवा सुविधा पुरा होलान् भन्ने आशा गर्न सकिएला तर बिश्वास भने गर्न सकिदैन । किनकी तिनै पुरानै कर्मचारीहरुको सेटिङ र गलत गर्ने नियत उनिहरुमा छदैछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend