जन आकाश
काठमाडौ । नेपाल किन बनेन ? युवाहरु देश छोडेर बिदेशमा जोखिम मोल्दै काम गर्न किन गइरहेका छन ? यो धेरै जसो नेपालीले दिनहु जसो गुनासो गर्ने शब्द हो । यो शब्द त्यतिकै उत्पादन भएको होइन । नेपालमा राज्यको नीति बनाउने ठाउँमा भ्रष्ट, कमिशनखोर, समयमा काम नगर्ने ठेकेदार, ठेकेदारलाई राज्यको संयन्त्रमा बसेर सहयोग गर्नेहरु रिटायर भएपछि पार्टीलाई पैशा दिएर नेता बन्दै चुनाव जित्नेहरुकै कारण युवाहरु बेरोजगार, देशको बेतिथिवाट आजित भएर यो अवस्थामो पुगेको प्रमाण हो बहादुरसिह तमाङ एउटा उदारण मात्र हो ।
त्यस्तैहरुको याहा बहुल्यता छ । उनिहरुलाई भने कहिल्यै बिदेश जानुपर्दैन् । उनिहरुले जाहा, जे गरेपनि छुट हुन्छ । त्यस्तै बनेको छ । नेपालको पुरानो लोकतान्त्रिक भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको लागि बहादुर सिंह तामाङको दौडधुप बढेको छ । उनि पहिला संस्थापन कांग्रेस सभापति शेरबहादुरको बिश्वास जितेर समानुपातिक कोटावाट संसद भएका भएपनि अहिले प्रधानमन्त्री समेत रहेका सभापति शेर बहाद्ुर देउवालाई हराउन दोडधुपमा लागेको उनका निकट स्रातले जानकारी दिएको छ ।
बहादुरसिंहको जिल्लामा बनिरहेका १६ वटा पुलको बिजोग
बहादुरसिंह लामा (तमाङ)को हिमदुङ एण्ड थोकर जेभीले बनाइ रहेको उनकै जिल्ला नुवाकोटमा १६ वटा पुल अहिलेसम्म सम्पन्न नगरेर बिजोग अवस्थामा छोडिएको छ । उनले पटक पटक आफ्नो संसद पदलाई शक्तिको दूरुपयोग गरेर शक्तिको आडमा २०७५ सालमा नै सम्पन्न गर्नुपर्ने पुल हालसम्म सम्पन्न नगरेर उल्टै पुलको डिजाइनलाई दोष दिएर बसेका छन् । हामीले उनलाई तपाईको कम्पनीले ठेक्का लिएका राष्ट्रिय गौरवका आयोजना र तपाईको आफ्नै जिल्लामा पर्ने १६ वटा पुल किन समयमा नसकेको र बनेका पनि गुणस्तरहीन बनाएको भनेर स्थानीयले भनिरहेका छन् भनि सोधेका थियौ उनले मुद्दा परेको कारण समयमा सम्पन्न हुन नसकेको र ति गुणस्तरहीन भनेर आरोप लगाउने स्थानीय जनता र समाचार लेख्ने पत्रकारलाई गालामा पटकाउने भन्दै धम्कीको भाषा प्रयोग गदै उत्तर दिएका थिए ।
यो भन्दा अगाडि नै ग्यालेक्सी टेलिभिजनका चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले संसद बहादुरसिह तामाङको कम्पनीले बनाएका पुल कम गुणस्तरका र कोही खोला एकातिर पुल अर्कोतिर भएको भनेर
प्रशारण गरिसकेका थिए । बहादुरसिंह संसद भएकै कारणले सम्बन्धित निकायले ध्यान नदिदा पुनः स्थानीय जनताले बहादुरसिंहको अत्याचारको बारेमा लेखिदिन र सत्यतथ्य प्रकाशन गर्न गरेको आग्रहलाई हाम्रा जन आकाश मिडियाका नुवाकोट जिल्ला संवाददाताले उल्लेख गरेर पठाएका हुन् ।
उनले आउदै गरेको नेपाली कांग्रेसको १४ औ महाधिवेशनवाट केन्द्रीय सदस्य भएर पुल बनाउदा गरेको भ्रष्टचारको पैशाले चुनाव जितेर संसद हुदै मन्त्री नहोलान् भन्न सकिदैन । नेपालको परिवर्तनले यस्तै यस्तै उदारण पेश गर्ने गरेको छ । त्यसैले जनताहरुमा निरासा भएपनि पार्टीहरु भित्र पैशा, पावर, डनवाद, धनवाद, फस्टाएको छ । त्यसैले नेपालका पार्टीहरुले पार्टीको नीति, विधि, टोकरीमा हालेर बस्ने हो भने नेपालको भविष्य नै अन्धाकार हुन वेर छैन । सवैको ध्यान जाओस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend