logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सप्तकोशीमा पानीको बहाव उच्च आसपासका क्षेत्रमा सर्तक रहन निर्देशन


  • जन आकाश
  • आइतबार, भाद्र १३ २०७८

 



इटहरी । सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । लगातारको वर्षासँगै पछिल्ला दिनमा बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । सप्तकोशीमा बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ ।

पूर्वका अधिकांश भेगमा वर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ ।

स्थानीय प्रशासनले जोखिमलाई ध्यान दिँदै सतर्क रहन स्थानीयबासीलाई अनुरोध गरेको छ ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । यसअघि कटान भएका ठाउँमा पुन कटान शुरू भएको हो ।

 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend