logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सल्यानको बनगाड कुपिण्डे सडक अवरुद्ध हुदा स्थानीयलाई सास्ती


  • जन आकाश
  • सोमबार, भाद्र १४ २०७८

करेश्मा गिरी,
सल्यान । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका भित्रका स्थानीय सडक अवरुद्ध भएको दुइ महिनासम्म सुचारु नहुँदा स्थानीयलाइ समस्या भएको छ । नगरपालिकाका ६ वटा वडाका विभिन्न बस्तीमा जाने सडक पुर्णरुपमा बिग्रिएका छन् । सडक अवरुद्ध हुदा सामाजिक सुरक्षा भत्ता वुझ्न लिन जान जेष्ठ नागरिकहरुलाई समस्या भएको छ ।



विगत आठ महिना देखी बृद्धभत्ता नपाएका बनगाड कुपिण्डे नगरपालिका–१२ निवासी ७२ वर्र्षीय रेशम बहादुर खड्काले अहिले पनि बृद्धभत्ता लिन सकेका छैनन् । आन्तरिक विवादका कारण हाल सम्म नगरसभा सम्पन्न गर्न नसकेको अवस्थामा आठ महिना पछि मात्रै नगरपालिकाले बृद्धभत्ता वितरण गर्न लागेपनि विगत दुइ महिनादेखी बाटो अवरुद्ध हुँदा भत्ता लिन सल्लीबजारमा रहेको बैंकसम्म जान नसकेको उहाँले बताउनुभयो ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका –२ निवासी ७० वर्र्षीया मंगली बुढाका अनुसार पहिरोले ठाउँ ठाउँमा सडक बिगारेको छ, मोटर गाडी चल्दैनन् उहाँले भन्नुभयो, “पैदल हिडेर बैंक सम्म जान सकिदैन् अब गाडी खुलेपछि मात्रै भत्ता लिन जानु पर्ला ।” उहाँले विगत दुइ महिनादेखी गाउँमा विरामी परेकालाइ पनि स्वास्थ्य संस्थामा लैजान सास्ती भएको बताउनुभयो ।

साल्चौर क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि एक महिनासम्म उक्त सडक अवरुद्ध वन्यो ।धेरै पटक पालिकालाइ नगरको जेसिवि पठाइदिन अनुरोध गरेपनि कुनै प्रतिकृया नआएको बनगाड कुपिण्डे नगरपालिका–१२ वडा अध्यक्ष गोविन्द डाँगीले बताउनुभयो ।

निगालचुला जाने सडक सुचारू गर्न नगरपालिकालाइ स्काभेटर उपलब्ध गराइदिन एक महिना सम्म बारम्बार फोन गरेपनि नगरपालिकाले बेवास्ता गरेपछि वडाअध्यक्ष डाँगीले व्यक्तिगत लगानीमा सडक सुचारू गरेको बताउनुभयो ।

असारको पहिलो साता बिग्रेका यहाँका सबै सडक सुचारु गर्ने कुरामा नगरपालिका वेखबर वनेपछि आफैले सडक मर्मत गरेको छु उनले भने । यतिखेर सबै सडक मर्मत गर्न नसकिए पनि केही महत्वपूर्ण वडा जोड्ने सडक नगरपालिकाको जेसिविले काम गरिदिए स्थानीयलाई आवागमनमा सहजता हुने उहाँको भनाइ छ ।

यस सम्बन्धमा नगरपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत धर्मराज ढकाललाई नगरभित्रका सडक अवरुद्ध भएको वारेका हामीले जानकारी लिएका थियौ उहाले भन्नुभयो “हाल सम्म नगरसभा सम्पन्न हुन नसक्दा समस्या भएको” प्रतिकृया दिनुभयो । नगरसभा बस्न नसक्दा रकम निकासा हुन सकेको छैन्, इन्धन अभाव लगायतका कारणले पनि भनेको समयमा विकास निर्माणका कामहरु हुन सकेका छैन्न उहाँले भन्नु भयो, नगरसभा सम्पन्न नहुँदा सम्म काम गर्न समस्या भएको उहाँको भनाइ छ ।

स्मरणरहोस नेपालका स्थानीय निकाय गाउँ गाउँमा सिंहदरवार नाम दिएका छन् । तर स्थानीय प्रमुखहरु चै गाउँका राजा भएका छन् । काममा उनिहरुको ध्यान देखिदैन । अवत आँखा खोल्नुपर्ने वेला भयोकी ?

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend