logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पाटनको कृष्णमन्दिर बाहिरै पूजा, रोकिएन श्रद्धालुको आस्था


  • जन आकाश
  • सोमबार, भाद्र १४ २०७८

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । कोरोना भाइरस संक्रमणको जोखिमका कारण श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा नियमित पूजा बाहेक सर्वसाधारणका लागि बन्द गरिएको छ ।



 

तर, श्रद्धालुको आस्था रोकिएको छैन । त्यसको प्रमाण हो । आज पाटनको कृष्ण मन्दिर दर्शनका लागि पुगेका श्रद्धालुहरुले मन्दिर बाहिरै मुर्ति स्थापना गरी पूजा गरिरहेका छन् ।

कृष्णमन्दिर परिसरमा सयौंको भीड आस्थाले भरिपुर्ण भएका श्रद्धालुहरुले बिदेशी म्याक्सिन बिकाउन गरेको कोरोनाको हल्लाको प्रर्वाह नगरी ब्रत बसेर ब्रतालुहरुले मुख्य मन्दिरको बाहिर मुर्ति स्थापना गरेर लाइन बसेर पूजा गरिरहेका छन् ।

ज्ञानयोग, कर्मयोग । भक्तियोगका प्रणेता भगनाव श्रीकृष्णको जन्म भाद्र कृष्णअष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री मान्दै आउने गरेका छन् ।

आज पाटनको कृष्ण मन्दिर, बुढानीलकण्ठको श्रीकृष्ण मावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिर, कागेश्वरी मनोहरा–८ मा रहेको नवतन धाम लगायतका तीर्थस्थलमा विषेश पूजा हुने गरेको छ । साथै कृष्ण प्रमाणीहरुका लागि यो दिन वर्षभरिकै विशेष दिन हो ।

ललितपुर महानगरपालिकाले यसअघि नै सूचना प्रकाशि गरी भक्तजनलाई पूजाका लागि अनुमति नदिने जनाए पनि ब्रतालुको भीड भने थामिनसक्नु देखिएको छ । ब्रतालु उर्लिएपछि बिदेशी निर्देशनमा काम गर्ने सरकार र त्यो सरकारको आदेश पालना गर्ने निकाय पनि हेरेको हे¥यै भएका छन् । आस्थाले भरिएको कुण्डमा कसैले ढुङगा हान्यो भने त्यसको छिटाले धेरैलाई कुरुपन बनाउन सक्छ । त्यसैले नेपालको मौलिक धार्मिक क्षेत्रहरु पुजाको लागि खोल्न बिभिन्न संघ, संस्थाहरुले सम्बन्धित निकायहरुलाई अनुरोध गदै आएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend