जन आकाश
मोहन कार्की ।
दिनानु दिन बढ्दै गएको महँगीले मानिसहरुको जनजीवन नै प्रभावित हुन थालेको छ । प्रत्येक महिना बजारमा उपभोग्य बस्तुहरुको मुल्य बढ्ने गरेको छ । कर्मचारीको तलव भत्ता केही मात्रामा बढेपनि निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरु र मजदुरहरुको तलव भत्ता भने बढेको छैन । व्यवसायी गर्नेहरुको पनि आम्दानी बढेको छैन ।
उपत्यकामा १० बर्ष पहिलादेखि निजी कम्पनीमा काम गर्दै आएका मानिसहरुको लागि २ प्रतिशतले मात्र तलव भत्ता बढेको छ । तर महँगी भने यो दश बर्षमा ५०० प्रतिशले बढेको छ । यो महँगी हेर्दा काठमाडौ उपत्यकामा आफ्नो घर नहुने मानिसहरुको लागि एउटा परिवारमा कम्तीमा पनि रु ५०००० आम्दानी हुनैपर्ने आवश्यकता छ । कोठाभाँडा, खाद्यन्न, तरकारी, फलफुल लगायतमा मुल्यबृद्धि भएर महँगी भएपछि काम गरेर शहरमा दुखः सुखः बाँच्छु भन्नेहरुको जीवन कष्टकर बन्न थालेको छ ।
उधोग, कल, कारखानाहरु बन्द भएको कारण नेपालमा थप रोजगारीको सृर्जना हुन सकेको छैन । जनसंख्या भने उपत्यकामा बढेको बढ्यै छ । शहरी बेरोजगारको संख्या बृद्धि भएपनि अधिकांस कम्पनीहरुमा रोजगारी गर्नेहरुको तलव नबढेको देखिन्छ । राज्यको तर्फवाट नेपालले रोजगारी सृर्जना हुनेखालका कुनै उधोग, र निजी क्षेत्रले पनि ठुला स्केलका उधोग स्थापना गर्न नसक्दा नेपालभरी नै बेरोजगारहरुको संख्यामा बृद्धि हुँदै गएको छ ।
बेरोजगार जति अवसरको आसा र खोजिमा शहरमा आउने र केही बिदेश जाने शिलशिलामा राजधानी लगायत बिभिन्न शहरहरुमा थुप्रिदा शहरमा मानिसहरुको चाँप र महँगी बढेको होला !
महँगी बढ्दै जानु स्वभाविक भएपनि महिनै पिच्छे महँगी बढ्नु अस्वभाविक नै हो । नेपालमा यतिवेला कृतिम र अस्वभाविक मुल्यबृद्धि भएको छ । हरेक उपभोग्य बस्तुहरुमा अस्वभाविक मुल्यबृद्धिले मानिसहरु बस्तु खरिद गर्न जाँदा समस्याग्रस्त छन् । कतिपय उपभोक्ताहरु बस्तु खरिद गर्नेक्रममा मुल्य सुनेरै अत्यास मानि मानसिक समस्या ग्रस्त हुन पुगेका छन् । यो नेपालीको लागि निक्कै चिन्ताको बिषय बन्दै गएको छन् ।
ब्यापारीहरुले लकडाउन र कोरोनाको कारण समयमा सामान नआएको बाहना गरी बस्तुको कृतिम अभाव गराउने गरेका छन् । अस्वभाविके मुल्यबृद्धि के कारणले भयो ? त्यो सम्बन्धित निकायले चासो दिएर काम गरेको देखिदैन । अनुगमनको नाममा उधोग बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले गर्ने गरेको अनुगमन देखावटी मात्रै हुने गरेको छ । त्यँहा उपभोक्ता संक्षण नामका एजजिओहरुको तजवीजमा मात्र अनुगमन हुनुले पनि नेपाली बजारमा अत्याधिक महँगी बढेको हो ।
यस्तो महँगी बढ्नुले नेपालमा सरकार भएको भान गराउँदैन । यसले नेपालका नागरिकहरुमा निरासा पैदा गराएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend