जन आकाश
मोहन कार्की ।
काठमाडौ । मुक्तिनाथ कृषि कम्पनीले किसानहरुलाई सम्मान गरेको छ । मुक्तिनाथ बिकास बैंक अन्र्तगतको मुक्तिनाथ कृषि कम्पनीले तेस्रो बार्षिकउत्सवको अवसर पारेर किसानहरुलाई सम्मान, र कदर पत्र बितरण गरेको मिति २०७८–०५–१४ गते जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
नेपाल देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि पेशालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित २०७५ सालमा स्थापना भएको मुक्तनाथ कृषि कम्पनीले छोटो समयमा किसानहरुले उत्पादन गरेका, बस्तुहरुलाई सहजीकरण गरी उपभोक्तासम्म पु¥याउने काम गदै आएको कम्पनीको बिज्ञप्तिमा उल्लेख छ ।
हालसम्म कम्पनीले १५ वटा भन्दा बढि जिल्लाहरुमा आधिकारीक व्यवसायिक साझेदार निर्माण गरी ५० वटा भन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको, कृषकहरुलाई समयानुकुल आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम संचालन गरिसकेको ति तालिमहरुवाट धेरैभन्दा धेरै किसानहरु लाभान्वित भएको कम्पनीले जानकारी दिएको छ ।
उत्कृष्ट कृषि कम्पनी÷फर्महरु पुरुस्कृत
२०७७÷०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार गर्ने विभिन्न कृषि कम्पनी÷फर्महरुलाई बार्षिक उत्सवको अवसरमा पुरस्कृत गरेको छ । पुरुस्कृत हुनेहरुमा एग्रिकल्चर प्रा.लि., धादिङलाई व्यवसाय साझेदार वर्ष उत्कृष्ट पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमान्डौलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरीएको कम्पनीले उल्लेख गरेको छ ।
आउदा दिनमा कम्पनीले यस्तै असल कार्यहरुलाई निरन्तरता दिँदै स्थानिय कम्पनी÷फर्म÷एग्रोभेट÷कृषक समुह÷सहकारीहरुसंग संस्थागत सहकार्य गर्ने र कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजि र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने लक्ष्य लिएर काम गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।
वार्षिक उत्सवमा संचालक समितिका सदस्यहरु, मुक्तिनाथ बैंकका सञ्चालक समितिमा अध्यक्ष तथा कृषि कम्पनीका कार्यकारी अध्यक्ष समेत रहनु भएका भरतराज ढकाल, प्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेल, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिल कुमार श्रीवास्तव, कम्पनी सचिव राम शरण तिमल्सिना, तथा सम्पूर्ण कर्मचारीहरु, विभिन्न जिल्लाहरुबाट उपस्थित व्यवसायिक साझेदारहरु र पत्रकार रहेको जनाएको छ ।
कृषि क्षेत्रमा मुक्तिनाथ बिकास बैंक र बैक मातहतमा रहेर मुुक्तिनाथ कृषि कम्पनीले गरेको प्रयास नेपालका किसान र उपभोक्ताको लागि अनुकरणीय छ । यसैगरी धेरैभन्दा धेरै बित्तिय क्षेत्रहरुले नेपालको कृषि क्षेत्रलाई प्रथामिकता दिएर काम गर्ने हो भने नेपालका नेपालीले लाइन लागेर बिदेश जानु पर्थेन की !
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend