logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सल्यानमा आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण हुदै


  • जन आकाश
  • बुधबार, भाद्र १६ २०७८

 



सल्यान । सल्यानका १० वटै स्थानीय तहहरुमा हेलिप्याड निर्माण भइरहेको छ । नेपाली सेनाको श्रमदानमा उक्त हेलिप्याडहरु निर्माण भइरहेको हाम्रो जन आकाशकी सल्यान जिल्ला संवाददाता करेश्मा गिरीले दिएको जानकारी अनुसार सरकारले गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा परेका घाइतेहरुको तत्काल उपचारका लागि र्दुगम क्षेत्रमा एयर एम्बुलेन्स सुरु गरेको छ । तर हेलिप्याड नहुदा तत्कालै ति सल्यानका बिकट क्षेत्रका बिरामीहरुको उपचार गर्न कठिनाई भएको छ । ति बिरामीहरुको पीडा देखेर नेपाली सेनाले हेलिप्याड शुरु गरेको सबुज गणका हो ।

हेलिप्याड निर्माण भएपछि ग्रामीण भेगका सुत्केरी व्यथा लागेका महिला, दुघटनामा परका घाइते तथा तत्काल बाहिरी जिल्लामा पठाउनुपर्ने अवस्थामा बिरामीलाई तत्काल उद्धार गर्न सहज हुने स्थानीयले अपेक्षा गरेका छन् ।

स्थानीय तहको निर्माण सामग्री र नेपाली सेना सबुज गण मिखर्क ब्यारेकको श्रम लगानीमा हेलिप्याड निर्माण भएपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनमा सहज हुने जनप्रतिनिधिहरुको विश्वास छ ।

सदरमुकामबाट दुर दराजमा रहेका ग्रामीण बस्तीहरुमा आकस्मिक उद्धारका लागी समस्या हुने देखिएपछि हेलिप्याड को आवश्यकता महसुस गरिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए ।

यस कार्यमा नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्दै अध्यक्ष केसीले पालिकाको निर्माण सामाग्रीमा श्रमदान गरेर सहयोग गरेकोमा सबुज गण सिमखर्क ब्यारेकलाइ धन्यवाद व्यक्त गर्नुभएकोे छ । उहाँले भन्नुभयो,नेपाली सेनाको काम सराहनीय छ, यस अघिपनि नेपाली सेनाले गाउँपालिकामा स्वास्थ्य भवन निर्माण कार्यमा समेत सहयोग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend