logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महानगरीय ट्रफिक प्रहरी बौद्ध बृतका प्रमुख सुरज बहादुर खड्का जनताको मन जित्न सफल


  • जन आकाश
  • बिहिबार, भाद्र १७ २०७८

काठमाडौ । महानगरीय ट्रफिक महाशाखा अन्र्तगत बौद्ध बृतका इन्सपेक्टर सुरज बहादुर खड्का जनताको मनमा बस्न सफल हुदै गएका छन् । उनले जनताको मन जित्नुको कारण सर्वसाधरण तथा आम नागरिकहरुले व्यहोदै आएको ट्राफिक समस्यालाई सहज बनाई सेवा प्रदान गरेको कारण बौद्ध बृत क्षेत्रका जनताहरु उनको कमाण्डप्रति खुशी भएका हुन् ।



जव उनि संघिय इकाई प्रहरी कार्यालय नेपालगंञ्जवाट काठमाडौ उपत्यकाको शहरमा आए उनले जताततै अस्तव्यस्त सवारी जाम, अनाधिकृत पारर्किङ गरेर जानजान सर्वसाधरण हिड्ने वाटोमा सवारी पार्किङ, फुटपाथमा ब्यापार गरेर मानिसहरु हिड्ने वाटोमा सडक अतिक्रमण गरेर सर्वसाधरणलाई व्यापारीले अप्ठ्यारो पारेको देखे, त्यो अप्ठ्यारोलाई उनले चुनौति ठाने र चुनौतिलाई परास्त गरेर छोड्ने अठोट लिए । नभन्दै अहिले बौद्ध बृत अन्र्तगतका क्षेत्रहरुमा अनाधिकृत पार्किङहरु हटेका छन् । फुटपाथमा पसल थापेर मानिस हिड्न अप्ठ्यारो बनाउने काम कम भएको छ । पैदल यात्रु सर्वसाधरणहरु सजिलै आफ्नो गन्तव्यमा पुग्न सकेका छन् । सवारी आगमन सहज छ ।

अत्याधिक दुर्घटना हुने क्षेत्रहरु बिशेष गरेर महाँकाल भृकुटी ओरालो, थली मुलपानी ओरालो, गोकर्ण मन्दिर आसपासका क्षेत्रहरुमा डिउटी बढाएर दुर्घना न्युनिकरण गर्न सफल नेतृत्वको भुमिका निर्वाह गरेका छन् ।

जनतासँग प्रत्यक्ष जोडिएको बिषय भएको हुनाले स्थानीय सरकार, जनता, सिभिल प्रहरी, महानगरीय प्रहरी र ट्राफिक प्रहरीको संयुक्त पहलमा सडक ब्यवस्थित गर्न जन चेतना जगाउदै, ट्रफिक महाशाखा अन्र्तगतको तपाईको माक्स खोई अभियाँनलाई सफल पार्न खड्काकै नेतृत्वमा तदारुकताका देखाएका छन् ।

बौद्ध टुसालचोक देखि हायत होटलसम्म घास उम्रेर कतै झाडी बनेको थियो, फोहोर त्यही थुप्रेर नाक थुनेर हिड्नु पर्ने अवस्था थियो । त्यो ठाउमा बौद्ध ट्राफिक प्रहरी प्रमुख सुरज बहादुर खड्काको नेतृत्वमा सफा सडक अभियाँन नै सञ्चालन गरेर सफा गरिएको छ । त्यो कामवाट त्यही बाटो भएर दिनहु हिड्ने मानिसहरु खुशी भएका छन् । र महानगरीय बौद्ध बृत्त ट्राफिकको तारिफ गरिरहेको सुनिन्छ ।

सडकमा गुड्ने चालक र सहचालकहरुसँग ट्राफिकको लुकामारी हामीले देखेकै हो । तर खड्का बौद्धमा आएपछि उनले फरक ढंङगवाट काम गरे, सवारी चालकहरुले ट्राफिक नियम पालना नगरी सवारीको नम्वर प्लेट उडेको, कुनै नम्वर सानो, लोगो राखेर लोगो ठुलो सवारीको नम्वर चै सानो बनाएको, ठुला सवारीमा सेक्युरिटी डण्डीले नम्वर छेक्नेगरी लगाएको सवारीलाई कागजपत्र समातेर राखि त्यो सच्याएर आउनेलाई मैत्रीपुर्ण काम गरेर सवारी चालक, सहचालकहरुसँग राम्रो ब्यवहार गरेर समाजप्रति एउटा असल ट्राफिकले गर्नुपर्ने दाइत्व गरेर देखाएका छन् । यस्ता असल कार्यहरुले गर्दा खड्का चालक, सहचालकहरुको समेत लोकप्रीय भएका छन् ।

शहरलाइ ध्वानि प्रदुषणमुक्त बनाउन त्यस्ता लाउड हरण बजाउनेहरुलाई ठाउको ठाउँ कारवाही गरेर कुनैपनि त्यस्ता लाउड हर्न भएका सवारी बौद्ध बृत अन्र्तगतका क्षेत्रहरुमा नियन्त्रण गरिएको छ । कुनैवेला छाडा छोडिएका चौपायाहरुले रातको समयमा दुर्घटना बढाएको महानगरीय ट्राफिक महाशाखा अन्र्तगतको बौद्ध क्षेत्रमा सुरज बहादुर खड्काको आगमन पछि रेफ्लेक्टेड बेल्ड बाधिदिएपछि अचेल रातमा हुने चौपयावाट हुने दुर्घटना भएका छैनन् भने सडकमा छाडा चौपायाहरु पनि कम हुदै गएका छन् ।

उनले सडक प्रयोगकर्ताहरुलाई ठाउँ ठाउँमा पुगेर ट्राफिक नियमको पालना गरौं । यो आफ्नै लागि हो । नजान्नेले भन्दा जानेर पनि सामान्य कुरा जसरी सानो एकछिन त होनि भन्ने हेलच्यक्राइले ठुलो समस्या निम्त्याउन सक्छ भन्दै आफै माइकिङ गर्ने गरेका छन् । सडक दुर्घना कहिलेकाही सडकको कारणले पनि हुने गरेको छ भन्दै उनले बिग्रेका सडकका खाल्डाखुल्टी सडक कार्यालयसँग समन्य गरेर काम गर्ने गरेका र कहिले ट्राफिक आफैले पनि खाल्डाखुल्डी पुरेर काम गरिरहेका देखिन्छन् ।

सुरज बहादुर खड्काको परिचँय
कञ्चनपुर जिल्लामा जन्मेका खड्काले २०६१ सालको खुल्ला प्रतिस्पर्धावाट कम्पिडिशनमा असईमा नाम निकाल्न सफल भएका हुन् । असईमा नाम निकालेर जनताको सेवा गदै आएका खड्काले २०७० सालमा खुलेको खुल्ला प्रतिपर्धावाट इन्सपेक्टरमा नाम निकालेर नेपाल प्रहरीको काम र्कत्ब्य पुरा गर्दै आएका छन् ।

हाल उनले महानगरीय ट्राफिक महाशाखा अन्र्तगतको बौद्ध बृत क्षेत्रमा गरिरहेको सवारी आगमन सहज सुचारु गर्न सफल नेतृत्व भुकिमा खेल्न सकेका छन् । उनको यो कार्य प्रशंसायोग्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend