जन आकाश
नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिदै जादा बिभिन्न जिल्लाहरुमा लडाई चलेको त हामीले सुनेका छौ । घोषण पत्रमा नै कम्युनिष्ट मुक्त जिल्ला गराउछु भनेर हास्यपद कुरा गर्ने काँग्रेस नेता सायद सुनेका छैनौ होला । त्यो पनि पुरा भएको छ । कृष्ण बहादुर तमाङले रामेछाप जिल्ला सभापतिमा उम्मेद्धारी घोषणा गदै रामेछापलाई कम्युनिष्ट मुक्त जिल्ला बनाउने बतउदै आएका छन् । उनले उक्त जिल्लाका कार्यकर्ताहरुलाई ढाटछल गर्ने नेताहरुलाई भोट नदिनसमेत आग्रह गरेका छन् ।
उनको घाषणा पत्र यस प्रकार छ ।
नेपाली कांग्रेस रामेछापको सभापतिमा मेरो उम्मेद्वारी किन ?
नेतृत्व भनेको संघर्ष, प्रतिष्पर्धा र पहलकदमीबाट प्रप्त हुन्छ ।
३ रामेछाप
१. २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकुलगंगा, लिखू तामाकोशी, दोरम्बा, खांडादेवी र सुनपाती गाउँपालिकाबाट नेपाल काँग्रेसको अध्यक्ष र उपाध्यक्षको उम्मेद्वारहरुलाई चुनावमा पराजित हुनुपर्दा उनिहरुलाई कति पिडा भयो होला ?
२. २०७४ सालको स्थानीय तहको निर्वाचनमा उमाकुण्ड गाउँ पालिकाको नेपाली काँग्रेसको अध्यक्षको उम्मेद्वारलाई चुनावमा पराजित हुनुपर्दा कति पिडा भयो होला ?
३. २०७४ सालको स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिकाको नेपाली कांग्रेसको मेयर र उपमेयरलाई स्थानीय तहको निर्वाचनमा पराजित हुनुपर्दा उनिहरुलाई कति पिडा भयो होला ?
४. २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित हुने ५१ वटा वडाको नेपाली कांग्रेसको वडा अध्यक्ष र वडा सदस्यको उम्मेद्वारहरुलाई कति पिडा भयो होला ?
५. २०७४ साल मंसिर १० गते भएको नेपाली काँग्रेसको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारहरुलाई चुनावमा पराजित हुनुपर्दा उनिहरुलाई कति पिडा भयो होला ?
६. उपनिर्वाचनको समयमा उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का नेपाली कांग्रेसको उम्मेद्वार साबित्री सुनुवारलाई चुनावमा पराजित हुनुपर्दा कति पिडा भयो होला ?
यसबारेमा गम्भिर बहस र समिक्षा गर्नै पर्छ ।
नेपाली कांग्रेसको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यको उम्मेद्वारहरुको धन सम्पत्ति र समय वर्वाद भएको छ ।
मैले नेपाली कांग्रेस रामेछापको धेरै जना पराजित उ्मेद्वारहरुसँग कुरा गरेको छु । उनिहरुले मसँग भनेका छन् कि चुनावमा म प्रति घात भयो, अन्तर्घात भयो । घात हुनुको प्रमुख कारण भनेकै गुट र उपगुट हो यसलाई भत्काउनै पर्छ ।
चुनाव सम्पन्न भएपछि व्यापक बहस र समिक्षा हुनुपर्थ्यो त्यो भएन । स्थानीय तहको चुनाव २०७४ को नतिजा अनुसार नेपाली कांग्रेस रामेछाप २० प्रतिशतमा खुम्चिन पुगेको छ ।
१. नेपाली काँग्रेसको १६ वर्ष लगातार सभापति महासमिति सदस्य र महधिबेशन प्रतिनिधि बनेर पनि आफ्नै वडामा समेत वडा अध्यक्ष र वडा सदस्य समेत जिताउन सक्दैन भने यसलाई नेपाली कांग्रेस रामेछापले कसरी मुल्यांकन गर्ने ?
२. नेपाली काँग्रेसको महासमिति सदस्य र महधिबेशन प्रतिनिधिलेहरुले आफ्नै वडामा वडा अध्यक्ष र वडा सदस्य पनि जिताउन सक्दैन भने यसलाई नेपाली काँग्रेस रामेछापले कसरी मुल्यांकन गर्ने ?
३. नेपाली कांग्रेसको जिल्ला पदाधिकारी र क्षेत्रीय सभापति समेत भइसकेको व्यक्तिले आफ्नै वडामा वडा अध्यक्ष र वडा सदस्य पनि जिताउन सक्दैन भने यसलाई नेपाली काँग्रेस रामेछापले कसरी मुल्यांकन गर्ने ?
४. नेपाली काँग्रेस रामेछापले आफ्नो हैसियत बनाउन भनेर महासमिति सदस्य र महधिबेशन प्रतिनिधि त्यो पनि पटकपटक बनाएर पठाउने काम गरेको, जिल्ला सभापति र सचिव बनाएर पठाउने काम गरेको व्यक्तिले आफ्नो हैसियत मात्र होइन आफ्नै वडामा वडा अध्यक्ष र वडा सदस्य पनि जिताउन सक्दैन भने उनिहरुलाई नेपाली कांग्रेस रामेछापले कसरी मुल्यांकन गर्ने ?
५. आँफूले मतदान गरेको उम्मेद्वारहरुले चुनावमा पराजित हुनुपर्दा नेपाली काँग्रेसको उम्मेद्वारहरुलाई मतदान गर्ने नेपाली कांग्रेसको समर्थक, सुभेच्छुक, कार्यकर्ता र मतदाताहरुलाई कति पिडा भयो होला ? उनिहरुलाई कस्ले सान्त्वना दिएँ होलान्रु गम्भिर बहस र समिक्षा गर्नै पर्छ ।
नेपाली कांग्रेस रामेछापको सभापतिमा मेरो उम्मेद्वारी किन ?
१. आगमी स्थानीय तहको चुनावमा रामेछापको ६४ वटा वडा मध्ये नेपाली कांग्रेसको वडा अध्यक्षको उम्मेदवारहरुलाई कम्तिमा ४० वटा वडामा र बढिमा ४५ वटा वडामा बिजय गराउन ।
२. आगमी स्थानीय तहको चुनावमा नगरपालिकाको मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष गरि कम्तिमा ९ जना र बढिमा १२ जना सम्म बिजय गराउन ।
३. प्रतिनिधि सभा र दुवै प्रदेशका प्रदेश सभाको उम्मेद्वारहरुलाई अत्याधिक बहुमतको साथ विजय गराउन ।
४. नेपाली काँग्रेसको सभापतिमा बिजय भएको पहिलो वर्ष कम्युनिस्टहरुलाई नर्भस बनाउने छु, दोश्रो बर्षपछि रामेछापको कम्युनिस्टहरुलाई रातको १२ बजे पनि बिउझिने र तेश्रो वर्ष आधा कम्युनिस्टहरुलाई नेपाली काँग्रेस मा प्रवेश गराउने छु ।
कसरी यस्तो हुनसक्छ भन्ने कुरा रणनीति र कार्यनीतिमा भर पर्छ, मैँले अहिले नै यहाँ उल्लेख गर्दा कम्युनिस्टहरुले त्यो कुरा प्रयोग गर्न सक्छ र व्यवहारमा नै लागु गर्न सक्छ ।
५. नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापको कार्यलय शनिबार र सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन १८ घण्टा सञ्चालन गर्ने छु ।
भाबी पुस्तको निम्ति यस्तो गर्न तयार हुनुहोस् ।
२०७८ भदौ १८ गतेबाट नेपाली काँग्रेसको महाधिवेशन सुरु हुँदै छ । नेपाली काँग्रेस रामेछापको सम्पूर्ण क्रियाशील सदस्यहरूलाई म विनम्र पूर्वक अनुरोध गर्दछु, तपाईंहरुलाई झुटो आश्वासन दिने, तपाईँहरुको दुःख र पिडामा साथ नदिने, तपाईंहरूलाई धोका दिने, तपाईंहरुको फोन समेत नउठाउने, गुटबन्दी गर्ने, पार्टी प्रति ईमान्दार र सधैं क्रियाशील रहने कार्यकर्ताको भावनाको कदर नगर्ने, तपाईंहरुको भावनामा ठेस पुर्याउने नेताहरूलाई आगामी अधिवेशनमा आफ्नो अमूल्य मत नदिनुहोस्, बहिष्कार गर्न र प्रतिकार गर्न तयार हुनुहोस् ।
नेपाली काँग्रेस रामेछापको सम्पूर्ण क्रियाशील सदस्यहरूले यति मात्र गर्न सक्नु भयो भने पनि नेपाली काँग्रेस भएकोमा कहिल्यै पश्चाताप गर्नुपर्ने छैन ।
( कृष्ण बहादुर तामाङ )
जिल्ला सभापतिको उम्मेद्धार
रामेछाप
फोनः ९८५१०३३५७८
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend