logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारतले नेपालको आकाशमा दादागिरी देखायो ? काहाँ छन् काठमाडौमा राष्ट्रवादका कुरा गर्नेहरु ?


  • जन आकाश
  • शुक्रबार, भाद्र १८ २०७८

मोहन कार्की



काठमाडौ । भारतले एकपछि अर्को गदै नेपालमाथि धावा बोलिरहेको छ । कहिले दार्चुलामा तुइन काटेर नेपाली युवा जयसिंह धामीलाई महाकालीमा बेपत्ता बनाउने , कहिले नेपालको भुमि कालापानी, लिम्पियाधुरा, लिपुलेख भारतको नक्सामा प्रकाशित गरेर नेपालको भुमि कब्जा गर्ने गरेको भारतले अर्को बितण्डा मच्चायको छ ।

केही दिन अगाडिदेखि नेपालको भुमि कालापानी क्षेत्रमा भारतीय एसएसवी फौजले हेलिकप्टर नेपालको आकाशमा उडाएर नेपालमाथि भारतले जे गरेपनि हुन्छ भन्ने भारतीय दादागिरी देखिएको हो ।

नेपालको सेना,प्रहरी, अनुशन्धान बिभागको कार्यलय वरपरसमेत भारतले अनधिककृत रुपमा हेलिकप्टर उडाएर अन्तराष्ट्रिस्तरमा आफ्नो नाङगो नाच प्रर्दशन गरिरहेको छ ।

काहाछन् राष्ट्रवादका कुरा गर्नेहरु ?

काहाछन् काठमाडौको महलमा बसेर राष्ट्रवादका कुरा गरेर बस्नेहरु काहाँ छन् भारतबिरुद्ध शुरुङ युद्धका कुरा गर्नेहरु ? कि भारतले अह्रराएको काम गरेर नेपालका सैनिक, प्रहरी, सशस्त्र प्रहरीहरुलाई कमजोर बनाउन राजनीतिक अस्थिरतामा देशलाई बनाएर नेपालको अस्थित्व सक्नका लागि पो ति बिगतमा भारतबिरुद्ध शुरुङ युृद्ध, अनि कतिपय भारतको बिरुद्ध आवाज उठाउने काम चै भारतको लागि गर्नेहरु पो हुन की क्या हो ? आज नेपालका पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका नेपालीहरुले यही प्रश्न गरिरहेका छन् ।

उता भारतले सीमा मिचिरहदा यता सरकार भने चीनसँग जोडिएको सीमा क्षेत्र हुम्लाको न्याम्खा तिरको सीमा अध्ययन गर्न समिति बनाएर बसेको छ । तर तत्कालै भारतको प्रतिरोध गर्नुपर्ने ठाउँमा चै परराष्ट्र मन्त्रालय चुप लागेर बसेको छ ।

यस्ता घटनाहरु बढिरहनुले नेपालको अस्तित्वमाथि खतरा बढेको देखिन्छ । नालापानी युद्ध लडेका नेपालीका सन्तानहरुलाई के के तन्त्रका नाममा राजनीतिक अस्थिरता बनाउन राजनीतिक पार्टीहरुलाई भारतमा आस्रय दिएर बन्दुक, बारुद्ध दिएर नेपालमा दाइले भाइ मार्न भाईले दाई मार्न सिकाएको परिवर्तन हो भन्ने भान यतिवेला हुन थालेको छ ।

नेपालका राष्ट्रिय एकतालाई भत्काउन पार्टी–पार्टी बीचको द्धान्द्ध सृर्जना गराएर एउटै घरभित्र पार्टी भिन्नताको बिषयलाई लिएर नेपालको राष्ट्रिय एकता खलबलाउने काम गरी निरन्तर रुपमा नेपाली एकतालाई कमजोर बनाउन राजनीतिक पार्टीहरुलाई प्रयोग गर्ने अर्कोतर्फ नेपालका सीमा अतिक्रमण, असमझदारी सन्धि सम्झौता गर्न दवाव दिने त्यो नगरेमा पुनः अर्को पार्टीलाई प्रयोय गरेर भारतले नेपालको अस्तित्व माथि दाउपेच पनि गदै आएको देखिन्छ । त्यो भन्न सक्ने आधारहरु बिगतमा भारतमा आस्रय लिएकाहरु नै अहिलेसम्म साशनसत्तामा आलोपालो रुपमा देखिन्छन् ।

त्यसैले नेपालका जनताहरु भारत बिरोधि बढ्दै गएका छन् । जनतालाई नेपालको माया अत्याधिक लागेपनि नेपालका भारतमा स्थापना भएका काँग्रेस, कम्युनिष्ट पार्टीहरुले सेन्डिकेट प्रयोग गरेर वास्तविक नेपालीहरुको साशन आउन नदिन काम गरिरका छन् । योग्य, दक्ष, सक्षम बिषय बिज्ञहरु खाडीमा बेल्चा चलाइ राखेका छन् । याहा समाजमा भारतले भनेको मान्ने व्यापारी, ठेकेदार, कलाकार, पत्रकार, कर्मचरी,राजनीतिक बिश्लषक मात्र रहेका छन् । ७२ बर्षको अन्तरालले त्यही देखाईरहेको छ ।

के भन्छन् सम्बन्धित निकायहरु

यही बिषयमा हाम्रो जन आकाश टिमले परराष्ट्र मन्त्रालयको वेभसाइटमा रहेको ४२००१८२ मा सम्पर्क गर्दा फोन उठेन, गृह मन्त्रालयको ४२११२०८ मा फोन गरेर गृह प्रवत्ता फणिराज पोख्रेललाई भारतले नेपालको आकाशमा भारतीय हेलिकप्टरको बारेमा केही जानकारी छ भनि सोधेका थियौ । उनले मलाई केही जानकारी नभएको बताएका थिए । तर उता गोरख गुल्म को अफिशियल नम्बर ०९३ ४२०२०० मा फोन गरेर जानकारी लिएका थियौ त्याहाका सैनिक प्युठ हेम कुमार थापाले नेपाली आकाशमा हेलिकप्टरले अनुमति विनै उडान गरिरहेको सत्य हो । अन्य कुराहरु मैले बोल्न नमिल्ने बताएर त्यसपछि अर्को नेपाली सेना कै अफिशियल नम्वरमा फोन गरेका थियौ त्यहाका कृष्ण चन्द्र ठकुल्लासँग बुझन् कोशिस गरेका थियौ तर उनको पनि फोन उठेन ।

दार्चुला जिल्ला प्रशासन कार्यलयको ०९३ः ४२०२१४ मा फोन गरेका थियौ त्यहाको फोन पनि उठेन ।

नेपालको सयन्त्र कस्तो छ भन्ने कुरा यहीवाट पनि देखाउछ । गृह प्रवत्तालाई देशको आकाशमा बिना अनुमति भारतको हेलिकप्टर उडेका थाहा हुदैन । चौविसै घण्टा सेवा दिनुपर्ने मन्त्रालय परराष्ट्रको फोन उठ्दैन । परराष्ट्र मन्त्रालय २ महिनादेखि रिक्त छ ।

यस्तो देशलाई किन कस्ले पु¥याउदै छ । यस्तै यस्तै सक्रमणकालीन अवस्था सृर्जना गरेर नेपालको अस्तित्व मेटाउन वाहिय शक्तिको योजनामा आन्तरिक मानिसहरु पनि पो प्रयोग भएका छैनन् । प्रश्न गम्भिर बनको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend