logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सोमवार परेको मुलाधारे पानीले पारेको असर


  • जन आकाश
  • सोमबार, भाद्र २१ २०७८

काठमाडौ । काठमाडौ उपत्यकामा सोमवार परेको मुसलधारे पानीले बजारहरुलाई अस्तव्यस्त बनाएको छ । राति १२ बजेवाट निरन्तर बिहान ८ बजेसम्म पानी पर्दा समथर भागमा रहेका धेरै ठाउहरुमा पानी जमेर मानिसहरुमा आवत जावत नै बन्द भएको थियो ।



बागमति, बिष्णुमति, हनुमन्ते, कर्नसा खोलाका किनार आसपासमा बढी क्षति पु¥याएको छ । मानिसहरुको कोठाकोठामा पानी पसेर लत्ता कवडाहरु भिजेका छन् । भने कतिपय ठाउहरुमा पानीले बगाएर ल्याएको लेदो बाक्लो रुपमा घर, पसल अगडि भएको हुनाले हिलो उठाइरहेका छन् ।

यो हिलोले मानिसहरुलाई रोग लाग्न सक्ने सम्भावना बढी छ । किनकी महानगरपालिकाका कर्मचारीले १८ दिनसम्म हडताल गरेर सडकमा फोहोर थुपारेका थिए ति फोहोरहरु समयमा उठाउन नककेका कारण फोहोरका धुलोहरु पनि पानीमा मिसिएर आएका छन् । त्यसैले खानेपानी, खानेकुराहरु खादा केही दिन पानीलाई उमालेर मात्र खानु उचित हुन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend