जन आकाश
काठमाडौ । आज अमेरिकन च्यालेन्ज कर्पोरेशन एमसिसि बिरुद्ध २१ दलीय मोर्चाले एमसिसि बिरुद्ध जनलहर उतारेको छ । माइतीघर मण्डलामा जम्मा भई उनिहरुले एमसिसि बिरुद्ध नारा लगाएका थिए । नारा यस्तो थियो । एमसिसि पास गर्न पाइदैन देश बेच्न पाइदैन भन्ने नारा घन्काएका थिए ।
१ बजे माईतीघर मण्डलामा जम्मा भई जुलुस नयाँ वानेश्वर तर्फ अगडि बढेको थियो । नयाँ बोश्वरमा कोणसभा गरी बिभिन्न दलका नेताहरुले एससिसिको वारेमा बोलेका थिए । सर्वसाधारणले समेत भाग लिएको कार्यक्रममा देशै बैच्ने नेताहरु पो जन्माएछौ भन्दै सरकार र पार्टीहरुप्रति जनताले आक्रोश पोखेका थिए ।
नेपालको सदनवाट पास गर्नुपर्ने भनिएको एमसिसि संसदमा बिचाराधिन छ । उक्त एमसिसि पास गर्न नेपाली काँग्रेसको सरकारले प्र¥यास गरिरहेको छ । यति नै वेला अमेरिकाकी एमसिसि की उपाध्यक्ष नेपाल भ्रमणमा छिन् । तर काँग्रेस भित्र र सरकारमा सहभागि हुन खोजिरहेका सरकारमै रहेको गठबन्धन बीचमा पनि यो एमसिसि विवादले द्ुई धारमा बभाजित छ ।
नेपालको कानुनसँग बाझिएमा एमसिसि लागु हुने जस्ता राष्ट्रधाति बुदा एमसिसिमा रहेको हुनाले भएको हुनाले उक्त सम्झौता नगर्न नेपाली जनताले खवदारी गदै आएका छन् ।
नेपालका राजनीतिक दलहरु भने अमेरिकाको दवाव खेप्न नसकेर एमसिसि पास गर्न खोजिरहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend