जन आकाश
करेश्मा गिरी
सल्यान । सल्यान जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा ३६ करोड ५३ लाख बराबरको अदुवा जिल्ला बाहीर निकासी भएको छ ।
जिल्लाबाट १५ हजार २७२ मेट्रिकटन अदुवा निकासी भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए । उनले भने ‘‘प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम र कृषि विकास कार्यालयले विभिन्न कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरूलाई आकर्षित गर्दै आइरहेका छौ’’ आर्थिक वर्ष २०७५र०७६ मा २०९० हेक्टर क्षेत्रफलमा अदुवा लगाएकोमा २८ हजार ३९२ मेटिक्टन मात्र उत्पादन भएको छ। यस्तै, आर्थिक वर्ष २०७६र०७७ मा १ हजार ७२० हेक्टर क्षेत्रफलमा २५ हजार ८०० मेटिक्टन मात्र अदुवा उत्पादन भएको छ ।
अदुवाको बजार मूल्य स्थिर नहुँदा व्यवसायिक अदुवाखेती गर्दै आइरहेका किसान विस्तारै विस्थापित हुन थालेका छन्। बजारमा लगानीअनुसार मूल्य पाउन छाडेपछि अदुवा थोरैमात्र उत्पादन गर्ने गरेको शारदा नगरपालीका – १४ गणेश गिरीले बताएका छन् । उनका अनुसार अदुवाले मुल्य नपाउदा किसानहरूलाइ खेति गर्ने उत्साहा बिस्तारै घट्न थलेको समेत उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले अदुवा उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि जिल्लामा भने अदुवा उत्पादन वर्षेनी घट्दै गएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend