logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

सखवासभामा एकै परिवारका ६ जनाको बिभत्सा हत्या दोषीलाई कारवाही गर्न जोडदार माग


  • जन आकाश
  • शुक्रबार, भाद्र २५ २०७८

काठमाडौ । यही भाद्र २० गते संखवासभा जिल्लाको मादी नगरपालिका वाडन. १ बस्ने एकै परिवारका छ जना तेज बहादुर कार्की , उनकी आमा पार्वता,श्रमति मनमाया, बुहारी रञ्जना, नाति दिपक, नतिनी गोमा अज्ञात समुहद्धारा हत्या भएको जिप्रका संखुवासभाले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयको अफिसियल नम्वरमा फोन गरेर हामीले लिएको जानकारीमा जिप्रकाका प्र.स.सि. तुलसीराम राईले २० गते अन्दाजी बिहानको ५ बजेको समयमा घटना भएको हुनसक्ने भनेका छन् ।



त्यसैगरी त्यस क्षेत्र हेर्ने चैनपुरका प्रमुखलाई ९८५२६९०२४० मा बारम्म बार फोन गर्दा फोनको घण्टी गएपनि फोन उठ्न सकेन । त्यस घटनालाई लिएर बिभिन्न संघ÷संस्थाहरुले हत्याराको खोजी गरी कडा कारवाही गर्न माग गरेका छन् । आज नै सुतार कार्की सेवा समितिले प्रेस बिज्ञप्ति निकालेर दोषीलाई अबिलम्ब प्रक्राउ गरी कारवाही गर्न संघिय सरकार, प्रहरी प्रशासन अन्र्तगतको अनुसन्धान बिभाग त्यहाका स्थानीय सज्जन जनतालाई अपिल गरेको छ ।

सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीद्धारा प्रेसित बिज्ञप्तिमा भनिएको छ । देशमा पछिल्ला केही समयमा भएकमा घटनाहरुले देशमा न्याय मरेको र कुनै पनि पिडितले न्याय पाएका छैनन यस्ता घटनारुप्रति सम्बन्धित निकाय गम्भिर होस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend