logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमसिसि बिरुद्ध बिशाल प्रर्दशन


  • जन आकाश
  • शनिबार, भाद्र २६ २०७८

काठमाडौ । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशनले नेपालसँग गर्न लागेको राष्ट्रधाति सम्झौता नगर्न बिभिन्न राजनीतिक पार्टी र नागरिक समाजले आज पनि बिभिन्न ठाउमा एमसिसि सम्झौता चाहिदैन ।



देश बेच्न पाइदैन भन्दै नारा लगउदै काठमाडौको दरवारमार्ग महेन्द्रको सालिकमा भेला भई त्यहावाट नारा, जुलुस लगाउदै नागपोखरी चोकमा पुगेको थियो । प्रहरीले दरवार मार्गमा नै जुलुसलाई रोक्न खोजेको भएपनि पछि नागपोखरी भन्दा वर रहेको जय नेपाल हलको चोकमा रोकेको थियो ।

त्याहाभन्द केही मिटर पर म्यारिटमा एमसिसिका पदाधिकारीहरु बसेका थिए । उनिहरुलाई कालोझण्डा देखाउन हिडेका जुलुसलाई प्रहरीले जय नेपाल हलनिर नै रोकेर राखेको थियो त्यहा नै राजनीतिक दलका कार्यकर्ता र नागरिक समाजका अगुवाहरुले भाषण गरी त्यहीवाट फर्केका थिए । उनिहरुले एमसिसि बिरुद्ध सधर्षका कार्यक्रम जारी राख्ने पनि बताएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend