logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सल्यानमा घनश्यामले बनाएको बिद्युतीय घट्ट लोकप्रिय बन्दै


  • जन आकाश
  • सोमबार, भाद्र २८ २०७८

करेश्मा गिरी
सल्यान । सल्यानका एक २९ वर्षीय युवाले आफै बिद्युतीय घट्ट निर्माण गरेका छन् । उनले आफ्नै सिप र क्षमतामा घट्ट निमार्ण गरेका हुन । उनले आफ्नै सिप र क्षमता देखाउदै घट्ट निर्माण गर्न सफल भएका छन् ।



सल्यान त्रिवेणी गाँउपालिका ३ दाङचुली घर भएका घनश्याम केसीले निर्माण गरेका विद्युतीय घट्ट अहिले रुकुम र सल्यानमा गरि १६ स्थानमा सञ्चालनमा रहेका छन् ।

घट्ट बनाए वापत उनले प्रती घट्टको ७० हजार रुपैया लिने गरेका छन । स्थानीय सामग्रीबाट निर्माण हुने घट्ट जाँतोको रुपमा ढुङ्गा प्रयोग गरिएको हुन्छ । अन्य फलाम प्रयोग हुने भए पनि पिठो पिस्नको लागि ढुंगा प्रयोग गरिएको हुन्छ । ५ वर्ष देखि सल्लीबजारमा उद्योग सन्चालन गर्दै आएका घनश्यामले आफ्नै सिपबाट घरका दाजुभाइलाई रुकुम चौरजाहारी र सल्यान श्रीनगरमा समेत उद्योग सन्चालन गरिदिएका छन् ।

पहाडका अधिकांश ठाँउमा पानी नपाइने भएको हुनाले आफुले विद्युतीय घट्टको विकास गरेको र त्यसपछि सफल भएको उनले बताए । अहिले उनले सल्लीबजारमा कालिका इन्जिनियर उद्योग सञ्चालनमा ल्याएका छन ।

घनश्यामले दैनिक बिधुतिय घट्ट बनाउने देखि अन्य मेसिन सम्बन्धि काम गर्ने गरेका छन् । घनशयामले एक जना युवालाई रोजगारी समेत दिएका छन् । यो नेपालमै पहिलो भएको उनको दाबी छ । बिधुतिय घट्ट पहिला आफ्नै घरमा सफल परिक्षण पछि अन्यत्र दिन सुरु गरेको उनले बताएका छन् । बिधुतिय घट्ट संगै पानी घट्ट बनाएर पनि बिक्री गर्ने गरेका छन ।

नेपालमा केही सम्भावना छैन भन्दै बिदेश जान लालयित युवाहरुलाई घनश्याम जस्ता कर्मशील युवाले गरेको कामवाट नेपालमा पनि थुप्रै सम्भावना छन् भन्ने देखाउछ । घनश्यामको मेहनत र बुद्धिवाट बरालिएर हिडेका युवाहरुले सिक्ने पो हो कि ?

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend