जन आकाश
मोहन कार्की
नेपालमा एमसीसी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको बिरोधमा देशैभरी प्रर्दशन भएका छन् । झनै नेपालमा एमसीसी परियोजनाकी उपाध्यक्ष नै नेपालमा आउने भएपछि त नेपालका राजनीतिक र नेपाली जनताहरु त्रसित भएका थिए ।
नबुझीकनै नेताहरुले बिगतमा सही ठोके जस्तै अहिले नेपालको राजनीतिक खीचातानी भइरहेको समयमा आफ्नो दुनो सोझ्याउन त्यस्तै तरिकाले एमसीसी परियोजनामा राजनीतिक पार्टीका संसदहरुले सहि ठोके भने नेपाल पनि अफगानिस्तानकै हालतमा पुग्ने भनेर सचेत नागरिक राजनीतिक दलका केही मानिसहरु अत्तालिएका थिए जसलाई एमसीसीका धातक बुदाहरु थाहा छ ।
त्यसैको परिणाम स्वरुप फतिमा सुमार नेपाल आउने मिति तय भएको समयमा थुप्रै आन्दोलनहरु हुन पुगेका हुन् । फतिमा सुमारको सुरक्षालाई ध्यानमा राखेर सरकारले सुमारले यात्रा गर्ने वाटोभरी सुरक्षाको बाक्लो ब्यवस्थापन गरेको भएपनि ठाउँठाउँमा बिरोध प्रदर्शन, नारा जुलुस चलिराखेको थियो । नेपाल प्रहरीकै आकडालाई मान्दा फतिमा सुमार नेपाल आएको समयमा झण्डै दुई दर्जनभन्दा बढी क्षेत्रहरुवाट त प्रदर्शनकारीहरुलाई प्रहरीले प्रक्राउ गरेको थियो ।

यतिधेरै प्रदर्शनकारीहरु पक्राउ पर्दा पनि ठाउँठाउँवाट जुलुस, बिरोधका कार्यक्रम तिस्तेज पार्न नेपाल प्रहरीले सकेको थिएन । नेपालका अनुसन्धान ब्युरो, नेपाली सेनाका गुप्तचर विभाग सम्पुर्ण संयन्त्र प्रयोग गरेको थियो । सम्भवत नेपालमा गणतन्त्र स्थापना पछि कुटनैतिक बिदेशीहरु आउदा स्वागत गर्ने नेपालीहरुले त्यसको उल्टो,बिरोध भएको र यतिधेरै सुरक्षा अपनाउनु पर्ने परिस्थिति पहिलो पटक आइलागेको हो ।
यो विश्वको शक्तिशाली अमेरिकाको लागि पनि सोचनीय बिषय हो । नेपाली जनताहरु कोहि कसैको दास नभएका र कुनैपनि मुलुकको उपनिवेश नभएको संसारको स्वतन्त्र देश हो । नेपाली जनताहरुमा पछिल्लो समय अफगानिस्तानमा अमेरिकाले गरेको बमबरी नेपालीहरु जानकार छन् । त्यसैगरी अमेरिकन सेना नेपालमा आएर नेपाललाई बम र बारुद्धको धँुवामा रुमलेर उपनिवेश बनाउछ की भन्ने चिन्ता नेपालीहरुलाई लागेको देखिन्छ ।

नेपालमा नेपाली नारीहरुको महान चाड तीज पर्व मनाईरहेको बेला पाउनालाई सत्कार गर्नुपर्ने समय हो । तर पाउना हाम्रो देश नेपालको हित बिपरित उदेश्य बोकेर आएको भान नेपालीहरुमा पहिले नै परेको हुनाले ति फतिमा सुमारले नेपालीहरुको माया नपाइकन फर्किनु प¥यो । सायद नेपाल र अमेरिकाको सुमधुर सम्बन्ध बिगतमा भएपनि सहयोगको नाममा नेपाललाई युद्धको रणमैदान बनाउने चालको रुपमा आएको बिज्ञहरुले उजागर गरिदिएपछि अमेरिकी नीतिप्रति नेपालीहरु रुष्ट बन्न थालेका हुन् ।
स्वाभिमानी देश नेपालले यो भन्दा सय बर्ष अगाडि नै कुनै देशमा भोकमारी लागेमा खाद्यन्न, लत्ताकपडा सहयोग गर्न सक्ने हैशियत राख्थ्यो । तर परिवर्तनको नाममा नेपालमा भइरहरने हडताल, जुलुस, धर्ना, प्रहरी चौकी आक्रमण जस्ता छाडा सस्कृति बढ्दै बढाउदै लगेर त्यही छाडा सस्कृति अगाल्नेहरुको बहुल्यता बनाएर आत्मनिर्भर भएर बाचेका नेपालीहरुलाई परनिर्भर बनाउन खेलेको बिदेशीको योजनामा बहुदल नामको पार्टीले नेपालको साशनसत्ता नै कब्जा गरेर साशन चलाउन थालेको प्रजातन्त्र ल्याएको भनिएको ७२ बर्षमा कोशी, गण्डकी, माहाकाली, असमझदारी सन्धि सम्झौताहरु गरेर देशलाई नोक्सान त पु¥याएकै थिए ।

हुदा हुदा बिदेशका नीति कार्यक्रमहरु भित्रभित्रै पास गरेर नेपाललाई द्धान्द्धै द्धान्द्धमा फसाउदै परिवर्तनको नाममा नेपाल अर्थतन्त्र दरिलोलाई कमजोर, बैदेशिक सवल पक्षलाई भत्काउदै कुटनीतिलाई कमजोर बनाउदै नेपालको महत्वपुर्ण सवै उधोग, कलकारखाना, ब्यापार, कला, सस्कृति सवैमा कमजोर बनाएर नेपालीहरुलाई परनिर्भर बनाउदै बिदेशी शक्ति राष्ट्रहरुले जे भन्यो त्यो मान्नु पर्ने वातावरण बनाएर ७२ बर्ष भित्र भएका नक्कली राष्ट्रवादले नेपाल नै बिदेशीको रिमोट कन्ट्रोलमा चलाउने र बिदेशी सेनालाई नेपाल भित्र्याउन एमसीसी जस्ता राष्ट्रधाती विवादित सम्झौता गराउन लागि परेको बिषय प्रष्टसँग बुझिन आएको छ ।

यो एउटा एमसीसी मात्र होइन बिदेशको शक्तिशाली राष्ट्रहरुले पालेका पार्टीहरु यसैगरी कतै न कतैको आड भरोसामा बिभिन्न खालका नेपाल बिरोधि सम्झौतामा सहभागि हुने गरेका छन् । जसले देश र जनतालाई धोका दिदै राजनीतिक पार्टीकोे नेता बनिरहन पाइरहेका छन् । त्यो जनताको मन जितेर होइन बिदेशी शक्तिको आड र दानापानीमा चुनाव ताका र अन्य समयमा एनजिओ आइएनजिओको नामवाट चारो छर्केर चरालाई बन्धक बनाए जसरी नेपाली जनतालाई त्यसैगरी बन्धक बनाउन राजनीतिक पार्टीहरुको भुमिका देखिन्छ ।
यसरी देशलाई नोक्सान र जनताको भविष्य अन्धकार बनाउन आफ्नै दाजुभाई भित्र लडाई गरेर ल्याइएको परिवर्तनले नेपालको हित हुन सक्दैन । सक्दो रहेनछ । त्यसैले नेपाली युवाहरुले बिकल्प सोच्नुपर्ने वेला आएको राजनीतिक बिश्लेषकहरुले जोड गरिरहेका छन् ।
राजनीतिक बिश्लेषकहरुले जोड गरे जसरी नै नेपालका जागरिला युवाहरुले आट गरेमा नेपालको चुनौतिको बीचवाट पनि सफा, हराभरा, शान्त, बिकसित नेपाल बनाएर असल नेपालीको परिचय दिन सक्छन् । प्राकृतिक, धार्मिक, सांस्कृतिक, सम्पदा, हरेक महत्वपुर्ण चीजहरु भएको नेपाल देश स्वर्गजतिकै सम्पन्न छ ।
मात्र इच्छाशक्ति र काम गर्ने जागरिलो र आटिलो नेतृत्वको खाचो छ । त्यो प्रतिस्पर्धा र पत्यारिलो आधार भएको युवाहरुवाट नेतृत्व चुन्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend