logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

लोपोन्मुख राउटे समुदायको स्वास्थ्य परीक्षण


  • जन आकाश
  • शुक्रबार, असोज १ २०७८

करेश्मा गिरी
सल्यान । घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको स्वास्थ्य परीक्षण गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलको घाटगाउँमा बस्दै आएका राउटेको बिहीबार स्वास्थ्य परीक्षण गरिएको हो ।



राउटे समुदायमा स्वास्थ्य समस्या देखिए पछि राउटे संरक्षण उत्थान प्रमुख सत्यदेवी अधिकारीको आग्रहमा स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणका क्रममा राउटे समुदायमा छाला सम्बन्धी समस्या, घाउ, चोटपटक र पाचन प्रणालीसँग सम्बन्धित समस्याहरू देखिएको देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा बुढाथोकीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको टोलीले ९८ वर्षका वृद्ध सहित २५ जना राउटे समुदायको स्वास्थ्य जाँच गरेको छ ।

चेकजाँचका क्रममा राउटे समुदायका बालबालिकामा छाला सम्बन्धी चिलाउने रोग, खोकी ज्वरो लगाएको समस्या देखिएको र राउटेहरू आफै औषधि मागेर खाने गरेकाले चेकजाँच सहज भएको स्वास्थ्यकर्मी कमल खड्काले बताउनुभयो । विशेष गरी खाना, खानेपानी , वासस्थानको, सरसफाइ, बसाइसराई लगायतले यस्तो समस्या देखा परेको उहाँको भनाई छ ।

सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बस्दै आएका राउटे समुदाय भदौ २५ गते सल्यानको बनगाड कुपिण्डे नगरपालिका –११ बालुवासँग्रही भेरी नदी किनार बाङ्गिरहमा बस्दै आएका थिए । राउटेहरुलाइ त्यहाँ खानेपानी समस्या भए पछि अहिले घाटगाउ चौरमा बस्दै आइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend