जन आकाश
करेश्मा गिरी
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरेको छ ।
कक्षा १ देखी कक्षा ५ सम्मका विद्यार्थीहरुलाइ लक्षित गर्दै पाठ्यपुस्त तयार पारिएको छ । पाठ्यपुस्तक विमोचन कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै यस गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक तयार गरी सञ्चालनमा ल्याएको बताउनु भयो ।
गाउँ पालिकाका भित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले त्रिवेणी गाउँपालकाले पाठ्क्रम सञ्चालनमा ल्याइएको शिक्षा शाखा प्रमुख गणेश आचार्यले बताउनु भयो ।
स्थानीय पाठ्य पुस्तकमा गाउँका पर्यटकीय स्थल, रीति रिवाज, रहनसहन, संस्कार , मेला पर्व, गाउँ पालिकाको भौगोलिक अवस्था, स्थानीय सरकार, कृषि तथा त्यसको सम्भावना लगायतका विषयवस्तु बारे जानकारी समेटिएको ‘मेरो त्रिवेणी’ नामक पाठ्य पुस्तक तयार गरी पठन पाठन संचालन गरेको छ ।
यस अघि कक्षा १ देखि ३ सम्म पाठ्यक्रम निर्माण गरी सञ्चालनमा ल्याई सकेको गाउँपालिकाले अहिले कक्षा–१ देखि ५ कक्षासम्म नै पाठ्य पुस्तक निर्माण गरेको हो । नमुना कार्यक्रमको रूपमा निर्माण गरिएका पाठ्य पुस्तक यसै शैक्षिक सत्रदेखि गाउँ पालिका भित्रका कक्षा १ देखि ५ सम्म सञ्चालन भएका सबै विद्यालयका करिब १ हजार ८ सय विद्यार्थीलाई स्थानीय पाठ्य पुस्तकको पढाइ सुरु हुने गाउँ पालिपकाले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend