logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“युवा संग महालक्ष्मी लाईफ“ बीमा योजना


  • जन आकाश
  • मंगलबार, असोज ५ २०७८

 



काठमाडौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने “युवा संग महालक्ष्मी लाईफ“ बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा मेचि देखि महाकाली सम्मका नब्बे भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

“काम गरी आय आर्जन गरौं – बीमा गरी सुरक्षित बनौं“ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने लक्ष्य रहेको छ । मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको ग्यारेन्टि सरकारले गर्न सकिरहेको छैन । अर्को तिर देशमा स्वरोजगारीका प्रसस्त अवसर हुँदा पनि युवा वर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन । यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बीमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने र उनीहरु मार्फत समाजमा बीमा प्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ ।

दुई दिने उक्त सम्मेलनमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका संचालक तथा एम्विसन कलेजका प्रमुख शुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई तथा बीमा क्षेत्र संग दुई दशक देखि जोडिनु भएका स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा. दामोदर बस्यौलाले सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा देश भरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रिय कमिटि गठन गरिएको छ । जिल्ला स्तरमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पौष मसान्त भित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको छ । आ.व. २०७८÷०७९ भित्र यो कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ इन्स्योरेन्सको संचालक समितिले रु.२०,००,०००÷– विस लाख बजेट विनियोजन गरेको पनि जानकारि दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend