logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुलमान ढुक्क, सर्वोच्चले दिएन आदेश


  • जन आकाश
  • बुधबार, असोज ६ २०७८

 



काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई हटाएर घिसिङलाई नियुक्त गर्ने निर्णय अवैधानिक भएकाले पुनर्वहालीको आदेशसमेत माग गरेका थिए । यसअघि भदौ ८ गते राणाकै इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गर्दै नियुक्ति सम्बन्धी कागजात झिकाउने आदेश गरेको थियो ।

उक्त आदेशसँगै घिसिङलाई कार्यकारी निर्देशकका रुपमा काम जारी राख्न बाटो खुलेको छ । उनि अव ढुक्कले ५ बर्षे कायकाल पुरा गरेर बिदा हुनेछन् । उनको कार्याकालमा भएको लोडसेडिङ अन्त्यको कारण उनि लोकप्रीय प्रशासक बन्न सफल भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend