जन आकाश
मोहन कार्की ।
नेपालीहरुको महान पर्व ढोकामा आइपुगेको छ । नेपालीहरु दशैको पर्वलाई खुशी र उल्लास पर्वको रुपमा मनाउन आ–आफ्नो क्षेत्रमा गच्छे अनुसार व्यवस्थापन गर्न लागिसकेका देखिन्छन् । बजारमा चहलपहल बढिसकेको छ । यो भन्दा अगाडिका दशै–तिहार, छड लगायत पर्वहरु नेपालीहरुले खुलेर मनाउन पाएका थिएनन् । त्यो लामो समय कुन्सिएर रहेको मनलाई फुकाएर यो बर्ष हर्षको बर्षा गर्ने धोको रहेको छ ।
कोभिडको हल्ला कम भएसँगै नेपालीहरुको दैनिकी पनि सहजै हुदै गएको छ । बिस्तारै बजारमा आर्थिक चलायनमान हुन थालेको छ । बर्षभरी हुने आर्थिक गतिविधि यही दशै र तिहारको अवसरमा ९० प्रतिशत हुने प्रक्षपण बिगतमा हुदै आएको छ । यस बर्ष पनि त्यही अनुपातमा व्यापार हुने अनुमान लगाउन सकिन्छ ।
नेपालीहरुको महान पर्व दशै र तिहारलाई मध्य नजर गरेर सरकारले सुरक्षाको व्यास्था, महगी नियन्त्रण गर्न अनुगमन तिब्र पारेको समाचार आएपनि उपभोक्ता ठगिने काम भने रोकिएको छैन । कतै चिटठा खेलाउने नाममा ठग्ने गिरोहहरु, कतै तास, जुवा खेलाउने गिरोहहरु कतै म्याद गुज्रीएको सामान यही दशैको अवसरमा कटाउन लाग्ने गिरोहहरुको सक्रीयता पनि यहि दशैको आसपासमा हुने गरेको छ । यो बर्ष पनि त्यस्ता नकरात्मक गतिविधि नहोला भन्न सकिदैन ।
त्यसैले उपभोक्ता पनि सचेत हुने र नेपालमा ब्यापार व्यवसाय गदै आएका नागरिकहरुले पनि यस्तो महत्वपुर्ण पर्वको अवसरमा कुनै र्दुभाव राखेर नकरात्मक कार्य गर्नुहुदैन भन्ने सोच राखेर हर्ष र उल्लासको दशैलाई सदभाव, कर्तव्यबोध, ठानेर व्यवसाय गर्नुपर्छ जसले सम्पुर्ण नेपालीहरुको भारचारा बढाउनमा महत्वपुर्ण भुमिका हुन्छ ।
यस्ता सकरात्मक सोचहरु राखेर नेपाली मौलिकतालाई आत्मसाथ गदै महान पर्व बिजया दशमी मनाउनुपर्छ देखासेखी गरेर भडकिलो र आउदा दिनमा पर्वको महत्व घटाउने खालका गतिविधि कोही कसैले गर्नुहुदैन । यो सवै नेपालीहरुको कर्तव्य, सस्कार, सस्कृति हो ।
यो महान पर्वको अवसरमा सवैले हर्ष, उल्लास, माया, करुणा राखेर एकले अर्कोलाई सहयोग गदै मनाउदै आएको पर्वलाई यसैगरी सदभाव, एकता, धार्मिक सहिष्णुता कायम राख्नु पनि सवै नेपालीहरुको परम कर्तव्य हो । यो समग्र नेपाल देशको हितमा हुन्छ ।
कुनै कुनै त्यस्ता ब्याक्ति बिशेष पनि हुन्छन् । जसले समाजमा पर्वको अवसरमा ब्यस्त रहेका मानिसहरुलाई सामानहरुको कार्टेलिङ गरेर दुखः दिने अन्य कुबिचार राख्ने गर्दछन् । उनिहरुलाई पनि दुर्गा भवानीले सुबिचार दिउन् । नजिकिदै गरेको बिजया दशमी अर्थात बडा दशै सवै नेपलीको हर्ष र उल्लासको दशै बनोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend