जन आकाश
करेश्मा गिरी
सल्यान । सल्यानमा घाँस खेती व्यावसायिक बन्दै गएके छ । बाझो रहेकोे जमिन र अन्य बालीभन्दा छोटो समयमा प्रतिफल लिन सकिने भएपछि किसानहरू सामूहिक रुपमा नै घाँस खेती गर्न थालेका छन् ।
पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै जाँदा पोसिलो घाँसको माग पनि बढ्दै गएको शारदा नगरपालिका –१४ बरलाका शारदा घाँस विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले बताउनु भयो । घाँसको बिउ उत्पादनबाट छोटो समयमा राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय किसान सामूहिक रुपमा घाँस खेती गर्न थालेको उहाँको भनाई छ ।
गत वर्ष मात्र आफ्नो समूहबाट ७ लाख भन्दा बढीको घाँसको बिउ उत्पादन भएको उहाँको उहाले जन आकाशलाई बताउनु भयो ।
बुहवर्षिय घाँस अन्र्तरगत डाले घाँस भन्दा पोसिलो बिउको माग बढी हुने गरेको हुनाले बिकासनहरु पोसिलो घासमा आकर्षित भएका हुन् ।
उक्त समूहका सचिव गेहेन्द्र प्रसाद जैसीका अनुसार १ सय २० रोपनीमा घाँसको बिउ उत्पादन हुँदै आइरहेको र वर्षाको समयमा घाँसको माग अलि कम भएपनि हिउँदको समयमा भने अत्यधिक हुने उहाँले बताउनु भयो ।
सल्यानमा व्यावसायिक पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा पोसिलो घाँसको पनि माग बढ्दै गएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend