जन आकाश
मोहन कार्की
सवारी साधनको क्षेत्रलाई खोजेर गरिएको टिप्पणी
विश्व विकासको पछि लागेर कतिपय मुलुकले अरुकै सिकेर पनि बिज्ञान प्रविधिको अनुसरण गर्दै देशका नागरिकहरुलाई सेवा, सुविधा दिएका देखिन्छन् । त्यसको पछिल्लो उदारण हो इन्डिया, कोरिया, चाइना, लगायत देशले अटो अर्थात सवारी साधन उत्पादन गर्ने क्षेत्रमा उल्लेखिय मात्रमा लगानी गरेर धेरै भन्दा धेरैलाई रोजगार सृर्जना गर्नुको साथै राष्ट्रलाई राजश्व तथा विश्व बजारमा आफ्नो ब्यापारको हिस्सा पनि स्थापित गर्न सकेका छन् ।
यो सफलता उनिहरुले आजको आजै गरेको भने होइन । उनिहरुको देशका सम्बन्धित निकायले गरेको अध्ययन, अनुसन्धान र उनिहरुका विज्ञले निकालेको निचोडलाई त्यस देशको सरकारले समेत सहयोग वा लगानी मैत्री वातावरण तयार गरेर आफ्नै देशमा अटो पलान्टहरु स्थापना गरी देशको गर्व बढाएका छन् भने अर्कोतर्फ मनग्य आम्दानी समेत गरेका छन् ।
ति इन्डिया, चाइना, कोरियाले पनि शुरुमा अरु देशले उत्पादन गरेका साधन ल्याएर नै बेच्ने गर्दथे । हाल कुनैले आफैले प्लान्ट स्थापना गरेर बेच्छन् कुनैले रोयल्टी अरुदेशलाई तिरेर आफ्नै देशमा प्लान्ट स्थापना पनि गरेका छन् । जस्तै इन्डियामा उत्पादन हुने सुजुकी, मारुती हरु हुन् । भने आफैले प्लान्ट स्थापना गरेको कोरियामा उत्पादन हुने होण्डाइ, किया, चाइनामा उत्पादन हुने वेला, हाउजे जस्ता नेपालमा बिक्रीका लागि राखिएका छन् । अन्य पहिला नै विकास भएका मुलुक फ्रान्स, जर्मन, इटली,अमेरिका, इगल्याण्डका सवारी साधन पनि नेपालमा बिक्रीका लागि रहेका छन् ।
जापानको म्याुफ्याचर्स रहेको हिरो, होण्डा भएपनि पछिल्लो समयमा इन्डियामा त्यसको पलान्ट नै खोलेर केही रोयल्टी मात्र होण्डा र हिरोले लाने गरेको छ । भने इन्डियामा आफ्नै उत्पादन गरेको टाटा कम्पनीका कार, ट्रक, बस, जीप, रहेका छन् भने बजाज कम्पनीले उत्पादन गरेको मोटरसाइकल पल्सर, डिसकभरले नेपालमा समेत बजारको ठुलो हिस्सा राखिरहेको छ । जापानीज नै तर इन्डियामा उत्पादन गरेर पठाउने यमाहाका साधनहरु पनि नेपाली बजारमा छन् । नेपाली बजारमा बिभिन्न देशका उत्पादन जस्तै मित्सुबिसी कार, प्राडो, लिल्याण्डका ट्रक,बस, बतासको ट्रक,बस, मिनी टाटा, क्रसचेक, हाउजेका बाइकहरु पनि नेपालमा छन् । टोयोटा, महिन्दा कम्पनीका सवारी साधनहरु पनि नेपालमा आइराखेका छन् ।
पछिल्लो समयमा इलेक्ट्रीक सवारी साधनहरु पनि नेपाली बजारमा उल्लेखिय मात्रमा आउन थालेका छन् । मानिसहरु सुविधाभोगी बन्दै गएको र अनिवार्य सुविधाको आवश्यकता पनि भएको दुईवटै करणले अटो क्षेत्रमा ठुलो लगानी भइरहेको देखाउछ । बर्षिक झण्डै ४ खर्ब (अटो क्षेत्र) सवारी साधन खरिदमा देशवाट रकम बाहिर गएको देखिन्छ । सवारी साधनहरु मानिसको आवश्यक्ता भएको हुनाले सधै यसकोे व्यवसायीक सम्भावना भइरहने देखिन्छ ।
नेपालको अवस्था के छ ?
नेपालमा केही औलामा गन्न सक्ने मोटरसाइकलका एसेम्वल, लुब्रीकेटका उद्योग, टायरका उधोग भएपनि अधिकांस अटो क्षेत्रका स्पेयर पार्टस देखि करौडो पर्ने गडीहरु विदेशवाट आयत गरिदै आएको छ ।
हुनत नेपालले राण साशन कालमा नै सवारी साधन वोकाएर काठमाडौ भित्रयाएको इतिहाँस छ । तर एक सताब्दी १०० बर्षभन्दा बढी बितिसक्दा पनि नेपालले एउटा साइकल उद्योगसम्म खोल्न सकेको छैन । नेपालका सम्बन्धित निकायले यसमा चासो नदिएको सहजै बुझ्न सकिन्छ ।
अटो व्यवसायीहरु के भन्छन
नेपालमा सरकारले अटो प्लान्ट खोल्न ठाउँको व्यवस्थापन गरिदिने हो र केही निश्चित नीतिहरु बनाएर अटो व्यवसायीलाई प्रोत्साहित गर्ने हो भने नेपालमा तत्कालै खोल्न सकिने उद्योग तत्कालै खोल्ने र तत्कालै खोल्न नसकिनेलाई योजनामा राखेर काम गर्न सकिने बताउदै नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका कृष्ण प्रासद दुलालको दावी छ । त्यस्तै राय नाडाकै महासचीव सुनिल रिजालले त नेपालमा उद्योग मैत्री वातावरण बन्ने हो भने लुब्रिकेट र साना सवारी साधनमा त आत्मनिर्भर बन्न धेरै समय नलाग्ने बताउदै आएका छन् । अन्य अटो व्यवासयीहरुले पनि सोहि अनुसारको धारणा राखेका छन् ।
यसरी बार्षिक रुपमा विदेश जाने रकम र अटो व्यवसायीहरुले गरेको लगानी देख्दा वा अन्य मल्टिनेशनल कम्पनीले नयाँ–नयाँ बजार खोजिरहेको बेलामा नेपालले पनि आफ्नो देशका प्राविधिक विज्ञ इन्जिनियरको सल्लाहमा काम थालेमा नेपाल आफ्नो स्वाभिमानको साधन चढेर आनान्द लिन सक्ने सम्भावना देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend