logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

एन.वाइ.इ.एफ.को १८ औं वार्षिकोत्सव सम्पन्न


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

 



काठमाडौ । युवा उद्यमीहरुको संस्था एन.वाइ.इ.एफ.ले आफ्नो १८ औं वार्षिकोत्सव यही २६ सेप्टेम्बर २०२१ मा एक कार्यक्रमको आयोजना गरी मनाएको छ । यो संस्था सानो संगठनको रुपमा विकसित हुँदै देशभरीका यूवा उद्यमीहरु संगठित भई हाल सातै प्रदेशमा यसको च्याप्टरहरु रहेको छ । सन् २००३ देखि यूवा उद्यमीहरुलाई सहयोग र उनीहरुको व्यवसायलाई प्रबद्र्धन गर्दै यूवाहरुबीच अनुभवको आदान–प्रदान, तालिम, बहस तथा अन्तकृया जस्ता कार्यव्रmमहरुमा यो संस्था क्रियाशील छ ।

सो अवसरमा अध्यक्ष उदीप श्रेष्ठले “हामीहरु एनवाइइएफको इतिहासमा संस्थाको प्रगतिको लागि महत्वपूर्ण पाईला चाल्दै आएका छौं । यो वार्षिकोत्सव पारिवारिक भेटघाट जस्तै भएको हुँदा यसको आफ्नै महत्व छ । समान सोच र उद्देश्य भएका यूवाहरुबीच काम गर्न पाउदा हामीलाई अत्यन्त गौरवको अनुभूती भएको छ” भनी आफ्ना विचारहरु व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी उक्त कार्यव्रmममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रलयका सचिव अर्जुन पोखरेलले एनवाइएफका पदाधिकारी तथा सदस्यहरुलाई बधाई र सफल कार्यकालको शुभकामना दिदै संस्थाको आगामी दिनमा उत्तरोत्तर प्रगति होस् भनी कामना गर्नु भएको थियो । साथै यूवा उद्यमीहरुलाई आवश्यक सहयोग गर्न मन्त्रालय सधै तयार रहेको बताउनु भयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र राष्ट्रिय यूवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले पनि १८ औं वार्षिकोत्सवको लागि शुभकामना सन्देश पठाउनु भएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend