logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

कृषि उत्पादनवाट सल्यानमा ७३ करोड भित्रियो


  • जन आकाश
  • बुधबार, असोज १३ २०७८

करेश्मा गिरी
सल्यान । कृषि विकास कार्यलय सल्यानका अनुसार गत अर्थिक वर्षमा ७३ करोड ५९ लाद ११ हजारको कृषि उत्पादनवाट निकासी भएको छ । सल्यान बाट गत आर्थिक बष्र्न २०७७ र ०७८ मा ७३ करोड बढीको कृषि उत्पादन निर्यात भएको हो ।



जसमा सबै भन्दा बढी अदुवाबाट ३६ करोड ५३ रुपैया भित्रिएको छ । उस्तै ताजा तरकारीबाट २० करोड ५२ लाख रुपैया किसानले प्राप्त गरेको जिल्ला कृषि विकास कार्यलय सल्यानका सुचना अधिकारी रमेश कुमार बस्नेतले जानकारी दीनुभएको छ ।

गत आर्थिक वर्षमा बेसार १०४१ मेटिक्टनबाट २ करोड ६९ लाख, , वर्षे आलु १५७० मेटिक्टनबाट ५ करोड, मह २ दशमलव बाट २१ लाख भित्रिएको छ । यस्तै २९ लाख २५ हजार, भटमास ४२, सुन्तला १८७०, कोदो ४५ मेटिक्टनबाट १२ लाख, र मकै ७३ मेटिक्टनबाट २३ लाख रुपैयाँ भित्रिएको बस्नेतको भनाई छ ।
।
आर्थिक वर्ष २०७६ र ०७७ मा ६५ करोडको कृषि जन्यबस्तु निकासी भएकोमा गत वर्ष बढेर ७३ करोड पुगेको उहाँले बताउनुभयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend