जन आकाश
काठमाडौ । एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को लिडिङ्ग पार्टनर बैंक को उपाधि लक्ष्मी बैंक लाई सम्मानित गरेको छ ।
सो उपाधि एडिबी को ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबी सँग को सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्तगर्न सफल भएको हो ।
एडिबीले यि उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंक ले बिभिन्न साना, मझ्यौला र ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।
एडिबी को ‘लिडिङ्ग पार्टनर बैंक’उपाधि ले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको भन्दै बैकले भर्चुअल बाट उपाधि ग्रहण गर्दै आयोजकलाई बैकका तर्फवाट सिइओ अजय प्रताप शाहले धन्यवाद दिनुभएको थियो ।
उक्त पुरस्कार समरोहमा लक्ष्मी बैकका कर्मचारी सवैले धेरै जतिले हरेका थिए भने आयोजक प्रतिनिधिहरुले पनि लक्ष्मी बैक नेपालको लागि अत्यन्तै राम्रो व्यवस्थापन भएको बैक र विश्वासिलो रहेको लगानीकर्ताहरुको मन जित्न सफल साथै एडिबी उपाधि निरन्तर जित्न सफल भएको भनि बधाई तथा शुभकामना दिदै प्रशंसा समेत गरेका थिए । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंक हरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरु द्वारा सम्मानित गरिएको थियोे ।
लक्ष्मी बैक लिमिटेडलाई जन आकाश मिडियाको तर्फवाट पनि हार्दिक बधाई तथा निरन्तर यो उपाधि जित्न सफल होस् भन्ने कामना गर्दछौ । जन आकाश परिवार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend