logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सिद्धार्थ बैंकको सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकतालाई सहज र छिटो सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।



बैंकले सञ्चालनमा ल्याएको यस सुविधामार्फत ग्राहकले आफ्नो सेयर धितो राखेर आवश्यक कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्।

बैंकको मोबाइल बैंकिङ एप बैंक स्मार्ट  (BankSmart XP) मार्फत Easy Loan > Loan Services > Loan Against Share मा गएर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बैंकका अनुसार ग्राहकले धितोमा राख्ने सेयरको मूल्यांकनका आधारमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।
यस सुविधाले ग्राहकलाई व्यक्तिगत तथा व्यावसायिक आवश्यकताका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको विश्वास छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend