जन आकाश
काठमाडौँ । हिमालयन बैङ्कको रिक्त अध्यक्ष पदमा सञ्चालक प्रचण्डमान श्रेष्ठ नियुक्त भएका छन् ।
बुधवार बसेको ४११ औँ सञ्चालक समिति बैठकले प्रचण्डमानलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । यसअघि १२ वर्ष बैङ्कको अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ प्रचण्डमानका दाजु हुन् । मनोजले यसअघिकै भाइलाई अध्यक्ष बनाउन चाहेका थिए ।
कर्मचारी संचय कोषका प्रशासक रहेका तुलसीप्रसाद गौतम अध्यक्षबाट हटेसंगै रिक्त रहेको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन । गौतमलाई कोषले प्रतिनिधिमा परिवर्तन गरेसंगै अध्यक्ष पद खाली रहेको थियो । कोषको तर्फबाट जितेन्द्र धिताल संचालक रहेका छन् ।
मनोज राष्ट्र बैङ्कको निर्देशन अनुसार २ कार्यकालभन्दा बढी सञ्चालक समितिको अध्यक्ष बनेकाले बाहिरिएका थिए । मनोजको ठाउँमा प्रचण्डमान श्रेष्ठ नियुक्त भएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend