logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जेष्ठ नागरिकहरु समस्यामा परे मलाई भन्नु ः मेयर–गजेन्द्र


  • जन आकाश
  • शनिबार, असोज १६ २०७८

ललितपुर । गोदावरी नगरपालिका वाडन १२ स्थित जेष्ठ नागरिक चौतारी ठेचोले आयोजना गरेको दोस्रो साधरणसभा कार्यक्रमका प्रमुख अतिथिको रुपमा आएका गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले “यस नगरपालिका भित्र कुनै पनि जेष्ठ नागरिक समस्यामा परेमा तत्कालै मलाई खवर गर्न भनेका हुन्”



उनले आफु निर्वाचित भएपछि गोदावरी नगरपालिकाका १४ वटै वडामा जेष्ठ नागरिकहरुको लगि प्रत्येक वडामा रु १ लाँख बजेट छुट्याएको बताएका थिए । उनले अहिले गोदावरी नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सुगर र प्रेसरको औषधी एक महिनाको लागि निशुल्क दिनलाई लगत संकलन गरिसकेको दशै सकिए लगतै सुगर र प्रेसरका जेष्ठ विरामीलाई वडा वडावाट घरघरमै औषधी वितरण गरिने पनि बताए ।

कार्यक्रमको सभापतित्व बालकृष्ण थापा मगरले गरेका थिए । भने वडा अध्यक्ष जगत बहादुर महर्जन बिशेष अतिथि बत्ताको रुपमा आएका थिए वडा अध्यक्ष महर्जनले जेष्ठ नागरिक चौतारी ठेचोको निर्मित भवन बनाउन र व्यामशाला निर्माण गर्न बालकृष्ण थापा मगरको ठुलो योगदान रहेको बताएका थिए । यो कुनै बजेट छुट्याएर सरकारवाट रकम ल्याएर नबनाएको तर बोलि बिकेको र नमुना जेष्ठ नागरिक भवन बनेको भनाई राखेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्याक्तित्वहरु अतिथिको रुपमा आएका थिए । कार्यक्रम जेष्ठ नागरिकहरुको भएको भएपनि बिद्यार्थीहरुले कविता बाचन गरेर सुनाएका थिए ।

जेष्ठ नागरिक चौतारीका ठेचोका सल्लाहकार ब्रबिम बस्नेतले कार्यक्रम र संस्थाको वारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा झण्डै दुईसय जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन रिना मालीले गरिकी थिइन । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ति सामग्रीहरु रोटरी क्लव महाबौद्धवाट प्रतिनिधित्व गरेर आएका रोटरी क्लवका इलेक प्रेसिडेन्ट बत्सा शाक्यले स्वास्थ्य सामग्री प्रदान गरेका थिए । त्यसैगरी सहयोग गर्नेहरुमा लाइन्स क्लव अफ काठमाडौका प्रोफेसनल डा.अजय सिंह थापामगरले पनि कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सहयोग गर्न प्रतिनिधित्व गरेर आएका थिए ।

त्यस्तै सहयोग गर्ने संस्थाहरुमा कार्यक्रमलाई डिडि बेकरीले दुध,पाउरोटी माक्स सहयोग गरेको भनि अध्यक्ष बालकृष्ण थापा मगरले कार्यक्रमस्थलमै धन्यवाद दिएका थिए ।

कार्यक्रम ११ बजे सुरु भएर दिउसो २ बजेसम्म चलेको थियो । सोही अवसरमा प्रमुख अतिथिले जेष्ठ नागरिक चौतारी ठेचोको व्यामशाला उदघाटन गरेका थिए ।

कार्यक्रमलाई आकर्षक बनाउन विभिन्न विद्यालयका बिद्यार्थीहरुले कविता बाचन गरेका थिए । १३ जना बिद्यार्थी कविहरुले कविता बाचनमा प्रतिस्पर्धा गरेर प्रथम, दोस्रो, तेस्रो हुने बिद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको थियो ।

कविता बाचनमा प्रथमको बाजी इसिका महर्जनले मारिन भने दोस्रो कफिना महर्जनले जितिन् । तेस्रो स्थानमा गौराङग न्यौपानेले पुरुस्कार जिते अन्य दुईजनाले सानत्वना पुरुस्कार प्रप्त गरे १३ जना बिद्यार्थी सवैलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक चौतारी ठेचोलाई विभिन्न क्षेत्रवाट सहयोग, योगदान पु¥याउने व्यात्तित्वहरुलाई सम्मान पत्रहरु प्रमुख अतिथि, बिशेष अतिथिको हातवाट वितरण गरिएको थियो । प्रमुख अतिथि मेयरलाई बालकृष्ण थापामगरले मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमा डा. उत्तमकृष्ण कर्मचार्यले जेष्ठ नागरिक भएर निरासा कहिल्यै हुनुहुदैन उत्साले इनर्जी दिन्छ भन्दै कार्यक्रममा उपस्थित भएका जेष्ठ नागरिकहरुलाई हौशला दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend